संस्कृति

    Showing 101-110 of 151 items.
  • किरात राई बान्तवा खिमद्वारा कोसी प्रदेश नाम फिर्ता लिन माग

    इटहरी । किरात राई बान्तवा खिमले कोसी प्रदेश नाम फिर्ता लिई पहिचानसहितको नाम राख्न माग गरेको छ । गणतन्त्र दिवस, किरातीहरुको महान चाड उभौली साकेला, सान्केवा यलम्बर २०८० र यलम्बर सम्बत ५०८३ मनाउदै पहिचानसहितको पुनः नामाकरणको माग गरिएको हो । किरात राई बान्तवा खिम केन्द्रीय कार्यसमितिको आयोजनामा इटहरी–१० मा रहेको खिमको केन्द्रीय कार्यालय तथा बहुउद्देश्यीय सांस्कृतिक संग्राहलयमा भएको कार्यक्रममा किरात सभ्यता, इतिहास, भूगोल र संस्कृतिको सम्मान गर्न कोसीको पुनःनामकरण जरुरी भएको किरात राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती काम्दुङले बताए । सो कार्यक्रममा किरात राई यायोख्खा केन्द्रीय उपा

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 367 पटक पढिएको
    • नेपाल रेखा
  • न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ–कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की

    काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले कानुन दिवस, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहको प्रत्याभूतिमार्फत भरोसायोग्य न्याय प्रणालीको विकास गर्न न्यायपालिकाले विभिन्न सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 162 पटक पढिएको
    • नेपाल रेखा
  • मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै उँभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिले मनाउने प्रसिद्ध पर्व भएको उल्लेख गर्नुभएको छ । यसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । उँभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वका रुपमा पनि मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उँभौली पर्व वसन्त ऋतुमा पर्दछ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 121 पटक पढिएको
    • नेपाल रेखा
  • खनार बुढीखोलामा सब दाह स्थल निर्माण हुँदै

    इटहरी । परापूर्व कालदेखि इटहरी वडा नम्बर १०, ११, १२, १३ र १४ तथा बुढीगंगा गाउँपालिकाको वडा नं. ५ र ६ समेतका स्थानीयहरुले मृत्यु पश्चात सव दहन (दाह संस्कार) गर्नका लागि प्रयोग गर्दै आएको इटहरी उपमहानगरपालिका वडा नं. ११ स्थित बुढीखोला पुलको दक्षिण तटलाई प्रयोग गर्दै आइएको छ । सुनसरी मोरङ्ग सिँचाई आयोजनाले ३५ करोडको लगानीमा नहरमा बगेको बुढीखोला पुलको संरक्षण र पानीको बहाब इनर्जी कन्ट्रोलका लागि पुलको दक्षिण तर्फ १६५ मिटर भित्र स्लोपिङ्ग आर.सि.सि. ढलान, पोखरी, ब्लक जाली विछ्याउने कार्य अगाडि बढाएकोले परम्परा देखि दाह संस्कारका लागि प्रयोग हुँदै आएको भूभाग क्षतिग्रस्त हुन जाने अवस्थालाई अध्ययन गरी

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 370 पटक पढिएको
    • नेपाल रेखा
  • मेयर कोइरालाद्वारा श्मसान घाटको अवलोकन

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–७ स्थित श्मसान घाटको अवलोकन गर्नु भएको छ । सो अवसरमा घाट व्यवस्थापन समितिका अध्यक्ष वेनिगोपाल मुन्दडाले घाटलाई थप व्यवस्थित बनाउन महानगरका तर्फबाट बजेट छुट्याइदिन मेयर कोइरालासित आग्रह गर्नु भएको थियो । मुन्दडाले बाढीको जोखिम न्यूनीकरणका लागि घाटको उत्तरतर्फ तटबन्ध बनाउनुपर्नेमा जोड दिनुभयो । गत वर्षको बाढीले कटान गर्दा घाट जोखिममा परेको उहाँको भनाइ थियो । मेयर कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा घाटका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो । उहाँले श्मसान घाटलाई व्यवस्थित र आकर्षक बनाएकोमा मुन्दडासहित व्यवस्थपन समितिल

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 153 पटक पढिएको
    • नेपाल रेखा
  • नुमिहाङ राईको राष्ट्रिय भेलामा उठ्यो पहिचानको मुद्दा

    झुम्का । किरात राई बान्तावा नुमिहाङ समाजको शनिबार रामधुनी–१० बोटे सिमसारमा तेस्रो राष्ट्रिय भेला बृहतरूपमा सम्पन्न भएको छ।कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम राजकुमार नुमिहाङ बान्तावा राईको अध्यक्षता तथा किरात राई बान्तावा खिम केन्द्रीय कार्यसमिती अध्यक्ष ज्ञान किराती (काम्दुङ) को उपस्थितिमा सम्पन्न भएको थियो । उनले मन्तब्यको क्रममा पहिचान सहितको संघियताको विषयमा प्रष्ट पारेका थिए । उनले संघीयता हुनेखाने वर्गको नभई पिछडिएको वर्ग र जातीको लागि र लोपोन्मुख भाषा संस्कृतिको लागि पनि आवश्यकता पर्ने बताए । त्यसैकारण

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 196 पटक पढिएको
    • नेपाल रेखा
  • सिरुवा पर्वसंगै मेलाको रमझम

    अर्जुन शर्माइटहरी । नयाँ वर्षमा आदिवासी समुदायले मनाउने सिरुवा पर्व सुरु भएसँगै इटहरीको थारु जातीय कुल देवता घर मानिने कचना महादेव ग्रामथानमा ३ बैसाखमा ठूलो धार्मिक मेला लागेको छ ।पूर्वी तराईमा नयाँ बर्षको सुरुवातसंगै तीन दिनसम्म पानी, माटो र रङ खेलेर धुमधामसँग सिरुवा पर्व मनाउने प्रचलन छ । सिरुवा राजवंशी, ताजपुरीया, गनगाईं, थारू, माझी, मेचे, उराव, किसान, धिमाललगायत आदिवासी समुदायको सांस्कृतिक पर्व हो । नयाँ वर्ष सुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गर्छन् । सिरुवा मनाइने पाँचवटा जिल्लामा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ ।सिरुवाको अर्थ सुरुवात भएकाले यस्ता मेला ब

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 200 पटक पढिएको
    • नेपाल रेखा
  • गायत्री संस्कृत विद्यालयको चारकोठे भवनको शिलान्यास

    कुमोद अधिकारीविराटनगर । विराटनगर–७ स्थित गायत्री संस्कृत माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माण हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण हुने भूकम्प प्रतिरोधी चारकोठे भवनको बिहीबार एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरे । ४५ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन आगामी असार २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययन गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक चूडामणि नेपाल ‘अकिञ्चन’ले बताए । उनका अनुसार विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् । &

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 123 पटक पढिएको
    • नेपाल रेखा
  • दशनामी समाजको राष्ट्रिय महाधिवेशन इटहरीमा हुदै

    इटहरी । नेपाल दशनामी समाजको छैटौं राष्ट्रिय महाधिवेशन यही चैत्र ३ र ४ गते सुनसरीको इटहरीमा हुने भएको छ । समाजले विहीवार इटहरीमा पत्रकार सम्मेलन गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महाधिवेशनमा प्रमुख अतिथि अनन्त श्री विभुषित प्रथम महिला जगत गुरु शंकराचार्य माता हेमानन्द गिरीजी महाराज रहने नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रुद्र गिरीले जानकारी दिए । वैदिक सनातन धर्मका आरध्यदेव शिवका सन्तान, आद्य गुरु शंकराचार्य का अनुयायी दशनाम (गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, तिर्थ, आरण्य, पर्वत, आश्रम)को छाता संस्था नेपाल दशनामी समाज भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जन

    • प्रकाशित मितिः चैत २, २०७९
    • 619 पटक पढिएको
    • नेपाल रेखा
  • सेनाद्वारा ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ महानगरलाई हस्तान्तरण

    कुमोद अधिकारीविराटनगर । नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गरे । दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा भएको संग्रहालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्र धार्मिक र सांस्कृतिक

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 128 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]