गायत्री संस्कृत विद्यालयको चारकोठे भवनको शिलान्यास

  • चैत १०, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । विराटनगर–७ स्थित गायत्री संस्कृत माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माण हुने भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण हुने भूकम्प प्रतिरोधी चारकोठे भवनको बिहीबार एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरे ।
४५ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन आगामी असार २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययन गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक चूडामणि नेपाल ‘अकिञ्चन’ले बताए । उनका अनुसार विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् । “यो विद्यालय सरस्वती मन्दिरको काखमा रहेको छ । यसको विकासका लागि सरस्वती मन्दिर र विद्यालयले हातेमालो गरेर अगाडि बढ्नुपर्छ,”प्रअ नेपालले भने ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले शैक्षिक क्षेत्रको सुधारका लागि महानगरपालिकाले काम गरिरहेको बताए । शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास नहुने धारणा राख्दै मेयर कोइरालाले भौतिक संरचनाले मात्रै शैक्षिक गुणस्तर वृद्धि नहुने उल्लेख गरे । “शिक्षाको गुणस्तरलाई भौतिक संरचनासित दाँज्ने गरिएको छ,”मेयर कोइरालाले भने “तर त्यस्तो होइन । शिक्षकहरुले मन लगाएर पठनपाठन गरे कमजोर भौतिक संरचना भएका विद्यालयको पनि गुणस्तर वृद्धि हुन सक्छ ।”
त्यस्तै विराटनगर वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले विराटनगरका लागि गायत्री संस्कृत विद्यालय फरक किसिमको विद्यालय भएको बताए। उनले नेपाली भाषाको पनि जननीका रुपमा रहेको संस्कृत भाषाको संरक्षण र सम्वद्र्धनमा गायत्री विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पोखरेलले दरबन्दीको अभावका कारण सोचजस्तो परिणाम ल्याउन नसकेको गुनासो गरे । सो अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक प्रदीपकुमार चापागाईं, पूर्वप्रधानाध्यापक युगेश्वर मेहतालगायतले विद्यालयको स्तरोन्नति र गुणस्तरवृद्धिका लागि आफूहरु लागिपरेको बताए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]