काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो । विभागले कुल आठ वटा फर्ममा स्थलगत अनुमगन गरेको थियो । त्यसमध्ये सात वटालाई सुधारात्मक निर्देशन दिएको छ । विभागले उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा नियमित बजार अनुमगन गर्दै आएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०७५–७६ मा बेल्केढुङ्गा लेखनबाडा वडा कार्यालय दुर्सी फागोटी सडक निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट तोकिएकोभन्दा कम निर्माण गरी भ्रष्टाचार गरेको पाइएको आयोगले दाबी छ । विनियोजित बजेट दुरुपयोग गरी गराई भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले पलाँता गाउँपालिकाका तत्काल
इटहरी । बाल अधिकारको संरक्षण र अनलाइन बाल यौन दुव्र्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।भ्वाइस अप् चिल्ड्रेनको आयोजनामा मंगलबार इटहरीस्थित इनटुरिष्ट होटलको सभाहलमा आयोजित ‘बाल अधिकार प्रवद्र्धन तथा अनलाइन बाल यौन दुव्र्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यक्रममा सञ्चारकर्मी, बाल अधिकार अभियन्ता तथा सरोकारवाला सहभागी भएका थिए ।कार्यक्रमको सञ्चालन प्रोजेक्ट अफिसर पुजा भण्डारीले गरेकी थिइन् । कार्यक्रममा बाल अधिकार अभियन्ता भरत थापाले स्वागत मन्तव्य राख्दै बालबालिका कुनै पनि प्रकारको यौन दुव्र्यवहारक
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ । यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ ।प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा कोशी ब्यारेजका ढोका क्रमश–खोलिने बताउनुभयो । जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भएको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो । प्राधिकरणले सुरक्षा
गोरखा । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलका राष्ट्रसेवक कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनु भएको छ । मन्त्री गुरुङले गृह मन्त्रालय सधैँ सुरक्षाकर्मीको साथमा रहेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा विचलित नभई इमानदारी, अनुशासन र व्यावसायिकताका साथ राष्ट्रको सेवामा समर्पित हुन आग्रह गर्नुभयो । गोरखा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्मले आयोजना गरेको निर्देशनात्मक ब्रिफिङ कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले मुलुकको सुरक्षा प्रणालीमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । सी
इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको प्रथम अधिवेशन शनिबार इटहरीस्थित कुबेर होटलको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनले होमराज दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राधिका कार्की (बस्नेत), सचिवमा रामकुमार दाहाल, सहसचिवमा राजेश दाहाल र कोषाध्यक्षमा रामबाबु दाहाल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा तोयानाथ दाहाल (बासु), टंक दाहाल, ओमनाथ निरौला, राजन केडी, विष्णुप्रसाद दाहाल, सुमन दाहाल र चन्द्रमणि सुवेदी रहेका छन् ।कार्यक्रमको सञ्चालन सचिव रामकुमार दाहालले गरेका थिए भने अध्यक्षता होमराज दाहालल
रङ्गेली l रङ्गेली नगरपालिका मोरङको आयोजनामा कक्षा ८ मा अध्ययनरत १५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३०० जना छात्रालाई छात्रासित उपमेयर कार्यक्रममा सम्मान गरिएको हो । सम्मानस्वरूप छात्राहरूले ब्याग तथा शैक्षिक सामग्री प्राप्त गरेका छन् । छात्रासित उपमेयर कार्यक्रमलाई निरन्तरता दिँदै विज्ञहरूबाट किशोरी अवस्थाका परिवर्तनहरू किशोरीको मनोविज्ञान पढाइप्रतिको चासो साइबर अपराधबाट बच्ने उपाय प्राविधिक तथा सीपमूलक शिक्षा मानसिक तनाव कुलत र कुसंगतबाट बच्ने उपायहरू लगायतका विषयमा ३०० जना छात्रालाई अभिमुखीकरण गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमका अध्यक्ष तथा रङ्गेली नगरपालिका कि कार्यवाहक नगर प्रमुख
मोरङ l मोरङको रङ्गेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडामा एक दिने विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयका विद्यार्थीहरू, व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका सदस्यहरू, अभिभावकहरू, प्रधानाध्यापक, स्वास्थ्य शिक्षक तथा शिक्षक प्रतिनिधिहरू सहभागी कार्यक्रममा स्वास्थ्य सम्बन्धी किशोरकिशोरी स्वास्थ्य अवस्थाका समस्या, कुपोषण समस्या, आँखा, दाँत, छाला रोग समस्या, स्वास्थ्य सम्बन्धी आधारभूत विषय, स्वास्थ्य शिक्षा, मानसिक रोग समस्या, किशोरीमैत्री विद्यालय, लागूपदार्थ दुर्व्यसन समस्या, व्यक्तिगत सरसफाई लगायतका विषयमा वि
इटहरी । स्वतन्त्र कानून व्यवसायी मंच सुनसरी गठन गरिएको छ । हालै सम्पन्न कानून व्यवसायीहरूको भेलाबाट वरिष्ठ अधिवक्ता सुमन चन्द्र कार्कीको संयोजकत्वमा मंच गठन गरिएको हो ।गठित मंचको सहसंयोजकमा रामराज चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा राजेन्द्रप्रसाद कोइराला, शोभा राई, बलेन्द्र मेहता, लक्ष्मण भट्टराई र पर्शुराम खाँ रहेका छन् ।कानून व्यवसायीहरूको पेशागत हकहित, न्यायिक क्षेत्रको सुदृढीकरण तथा कानून व्यवसायीहरूबीच आपसी सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ मंच गठन गरिएको बताइएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले स्वतन्त्र, निष्पक्ष र प्रभावकारी न्याय प्रणाली निर्माणमा कानून व्य
विराटनगर : शिक्षा नियमावली, २०५९ को दफा ८५ को उपदफा (१) अनुसार नेपाल सरकारले सार्वजनिक बिदाका दिन विद्यालय बन्द रहने स्पष्ट व्यवस्था गरेको छ। नेपाल सरकारले मन्त्रिपरिषद्बाट २०८२ साल चैत २२ गते हप्तामा दुई दिन शनिबार र आइतबार बिदा गर्ने निर्णय गरेको थियो । नेपाल सरकारको उक्त निर्णयलाई चुनौती दिँदै उर्लाबारी नगरपालिकाले २०८३ साल जेठ १९ गते आइतबारको बिदा कटौती गरी विद्यालय सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको थियो । नेपाल शिक्षक महासङ्घ उर्लाबारी शाखाले आइतबारको सार्वजनिक बिदा कटौती गर्न नहुने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरेको थियो । निवेदन नम्बर ०८२-WO-०५९८ अनुसार २०८३ असार १