एक हजार ३७१ चालकलाई कारबाही

  • साउन १०, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म एक हजार ३७१ चालकलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मोटरसाइकलको साइलेन्सर तथा अन्य संरचना परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, स्टन्ट गर्ने र मध्यरातसम्म सार्वजनिक सडकमा होहल्ला मच्चाउने चालकमाथि निगरानी बढाइएको हो । प्रवक्ता सुवेदीले यस्ता गतिविधिका कारण स्थानीय बासिन्दा, पैदलयात्री तथा अन्य सवारी चालकले लामो समयदेखि गुनासो गर्दै आएको जानकारी दिँदै चर्को आवाज निकाल्दै स्टन्ट गर्ने चालकलाई जरिवानासहित कानुनी कारबाही गरिएको बताउनुभयो ।
उहाँका अनुसार यस्ता मोडिफाइड मोटरसाइकलका कारण विशेषगरी साना बालबालिका तर्सिने, रातिको समयमा स्थानीयको शान्ति भङ्ग हुने तथा सडक सुरक्षामा प्रत्यक्ष असर पर्ने गरेको छ । ट्राफिक प्रहरीका अनुसार कतिपय अवस्थामा स्कुटर चलाइरहेका महिलाको छेउमै पुगेर चर्को आवाज निकाल्दै मोटरसाइकल कुदाउँदा उनीहरू आत्तिएर दुर्घटनामा समेत पर्ने गरेका छन् । सार्वजनिक सडक सबैको साझा सम्पत्ति भएकाले व्यक्तिगत रमाइलो वा प्रदर्शनका नाममा अरूको सुरक्षा, शान्ति र स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नपाइने स्पष्ट गरेको छ । सडकमा पैदलयात्रीदेखि विभिन्न किसिमका सवारीसाधन एकैसाथ सञ्चालन हुने भएकाले जिम्मेवार र अनुशासित रूपमा सवारी चलाउनुपर्नेमा कार्यालयले जोड दिएको छ ।
प्रवक्ता सुवेदीले ट्राफिक नियमको पालना गर्दै अनावश्यक रूपमा सवारीसाधनको स्वरूप परिवर्तन नगर्न, चर्को आवाज निकाल्ने उपकरण प्रयोग नगर्न तथा अन्य सवारी र पैदलयात्रीप्रति सम्मानजनक व्यवहार गर्न सबै चालकलाई आग्रह गर्नुभयो । आगामी दिनमा पनि यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको ट्राफिक प्रहरीले जनाइएको छ । चर्को आवाज निकाल्ने, स्टन्ट गर्ने तथा सार्वजनिक शान्ति र सडक सुरक्षामा असर पुग्ने कुनै पनि गतिविधि सह्य नहुने भन्दै ट्राफिक प्रहरीले नियमविपरीत सवारी सञ्चालन गर्ने चालकलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ ।

सामाजिक सद्भाव र दिग ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापत ...

कात्स्यव गोत्रीय अधि ...

सामाजिक, सांस्कृतिक तथा निजामती सेवामा लामो अनुभव हासिल ...

बर्डफ्लु नियन्त्रणमा ...

चितवन । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै ...

दक्षिणकाली माताको मन ...

हेटौँडाको सानोपोखरास्थित प्रसिद्ध श्री दक्षिण ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]