समाचार

    Showing 181-190 of 649 items.
  • रेडक्रस शाखा मोरङद्वारा ३० लाख बराबरको खोज तथा उद्धार सामाग्री सशस्त्र प्रहरीलाई हस्तान्तरण

    कुमोद अधिकारी विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले विपदका समयमा नागरिकको उद्धारका लागि दुई थान रवर वोट सहित खोजतथा उद्धार सामाग्री हस्तान्तरण गरेको छ । मोरङ कटहरी गाउपालिकाका गोपाल फनपार्कमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै रेडक्रसले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विश्वन्धु खड्कालाई ३० लाख मूल्य वरावरको दुईवटा वोट सहित १२ प्रकारका उद्धार

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 290 पटक पढिएको
    • नेपाल रेखा
  • सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक छ – गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताउनुभयो । “राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योग्दान छ । प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ”, उहाँले भन्नुभयो । सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उहाँको भनाइ थियो । तेइस वर्षअघि सशस्त्र प्रहरी बलक

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 286 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगरमा डेंगु नियन्त्रणको अभियान व्यापक बनाइदै

    विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरेको छ । महानगरले ‘खोज र नष्ट गर’ अभियान १९ वटै वडामा जारी राखेको छ । डेंगु नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन महानगर प्रहरी र सफाई कर्मचारीहरुलाई तालिम दिएको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोजनामा शुक्रबार उनीहरुलाई एकदिने अभिमुखीकरण तालिम दिएको हो । डेंगुको संक्रमण कसरी हुन्छ, डेंगुलाई कसरी नियन्त्रण गर्न सकिन्छ, डेंगु लागेमा के गर्नेलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादव र स्वास्थ्य अधिकृत रमेश कार्की

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 283 पटक पढिएको
    • नेपाल रेखा
  • ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक

    काठमाडौँ । नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गर्नुभयो । उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ । पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग हालसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ । नेपालमा पहिलो पटक सवारीसा

    • प्रकाशित मितिः असार २०, २०८१
    • 411 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

    विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवका अनुसार टायरमा जमेको पानी, स्थिर रुपमा भाँडा, बोटल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगुको संक्रमण सार्

    • प्रकाशित मितिः असार २०, २०८१
    • 442 पटक पढिएको
    • नेपाल रेखा
  • आफ्नै पसल चोरीको नाटक गर्दा संचालकसहित ५ जना पक्राउ

    चितवन । बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका व

    • प्रकाशित मितिः असार १९, २०८१
    • 242 पटक पढिएको
    • नेपाल रेखा
  • युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ - प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विदेशिने युवा, विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुुभयो । “युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “अतः २१

    • प्रकाशित मितिः असार १७, २०८१
    • 421 पटक पढिएको
    • नेपाल रेखा
  • मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

    सिन्धुपाल्चोक । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ ।मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो ।पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पु

    • प्रकाशित मितिः असार १०, २०८१
    • 350 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश सरकारका नमूना योजना

    धिरेन्द्र कुमार चौधरी केराबारी-९ मोरङका ५८ बर्षिय भिम प्रसाद ढकाल आठ बर्ष देखि टेम्पो चलाउदै आउनुभएको छ । केहि बर्ष अघि सम्म बिराटचौक देखि बिराटनगर सम्म टेम्पोमा पुग्न डेढ घण्टा लाग्थ्यो । ढकाल भन्नुहुन्छ “साघुरो बाटो त्यहि माथि खाल्डाखुल्डी कम्ता कष्ट थिएन बिराटनगर पुग्न । अहिले त चार लेनको कालोपत्रे सडक सरर्रर बिराटनगर पुग्न ४५ मिनेट पनि लाग्दैन ।” कोशी प्रदेश सरकारले नमूना गौरवका बहुबर्षेयोजना अन्र्तगत बिराटचौक घिनाघाट सडकको स्तरोन्नती गरि चारलेनको बनाएपछि बिराटचौक र बिराटचौकदेखि पूर्वका बासिन्दालाई बिराटनगर आउजाउ गर्न सहज भएको छ ।तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ साल भदौ

    • प्रकाशित मितिः असार ७, २०८१
    • 618 पटक पढिएको
    • नेपाल रेखा
  • धर्म र सेवा प्रदान गर्नुपर्छ भन्ने ज्ञान दिन विद्यालयमा रक्तदान

    इटहरी । मरणावस्थामा रहेका बिरामीलाई रगत दिनु परेमा रक्तदान नै एक मात्र उपाय हो । त्यसैले गर्दा बिरामी वा समस्यामा परेका व्यक्तिलाई रगत दिनु परेमा रक्तदान गर्नुपर्छ भनेर विद्यार्थीलाई ज्ञान दिनका लागि बुधबार इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले रक्तदान गरेको छ ।नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम तन्दुरुस्त व्यक्तिको शरीरको रगतको केही अंश कुनै पनि बिरामी भएका व्यक्तिलाई नयाँ जीवन प्राप्त गर्ने र धर्म एवम् सेवा गर्न विद्यार्थीलाई सन्देश प्रवाह गर्नकै निम्ति रक्तदान गरिएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार

    • प्रकाशित मितिः असार ६, २०८१
    • 486 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]