विराटनगर महानगरद्वारा स्वास्थ्य संस्थाहरूको अनुगमन

  • भदौ १३, २०८१ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ ।
महानगरकी उपमेयर शिल्पा निराला कार्की नेतृत्वको टोलीले विराटनगरका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेको हो । अस्पतालहरूले प्रवाह गर्ने सेवा सुविधाका विषयमा जनस्तरबाट गुनासो आउन थालेपछि महानगरले अनुगमनलाई तीव्रता पारेको हो । उपमेयर कार्कीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, कोशी अस्पतालका प्रतिनिधि रामनारायण यादव, स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्की, उपमेयरका स्वकीय सचिव निश्चल मायालुलगायत सम्मिलित टोलीले बुधबार सिटी अस्पतालको अनुगमन गरेको छ । अस्पतालको अनुगमन गरी सुधार गर्नुपर्ने पक्षका विषयमा निर्देशनसमेत दिएको थियो ।
टोलीले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई सेवा सुविधाका विषयमा सोधपुछ गरेको थियो । त्यस्तै टोलीले सरसफाई, ल्याब व्यवस्थापन, एक्स–रे सेवाको गुणस्तर, स्टोर व्यवस्थापनलगायतको प्रत्यक्ष अनुगमन गरी आवश्यक सुझावहरू दिएको स्वास्थ्य महाशाखाका संयोजक यादवले जानकारी दिए ।
जनताको स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्ने जनगुनासो आएपछि अनुगमनलाई तीव्रता दिइएको उपमेयर कार्कीले बताइन्। स्वास्थ्य क्षेत्रप्रति महानगर गम्भीर रहेको बताउँदै उपमेयर कार्कीले स्वास्थ्य संस्था र अस्पतालहरूको अनुगमनलाई थप व्यापक बनाउँदै लगिने उल्लेख गरिन् ।
उनले दर्ता नगरी अस्पताल सञ्चालन नगर्न, समयमै नवीकरण गर्न तथा तोकिएका मापदण्ड पालना गर्न आग्रहसमेत गरिन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]