समाचार

    Showing 141-150 of 650 items.
  • मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी

    मोरङ । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 302 पटक पढिएको
    • नेपाल रेखा
  • उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

    काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो । आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • 296 पटक पढिएको
    • नेपाल रेखा
  • गैँडाको आक्रमणबाट मृत्यु

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको थियो ।

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • 349 पटक पढिएको
    • नेपाल रेखा
  • एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ । क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । त्यसैगरी विपन्न नागरिक, क्यान्सर, मुटुरोगी र मिर्गौला फेल भएका ३२ जनालाई उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको उहाँले बताउनुभयो । गर्भवती पोषण सहयोग कार्यक्रमअन्तर्गत एक सय ११ जना महिलालाई पाँच हजारका दरले आर्थिक सहयोग गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • 264 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीको गढी ६ नम्बर वडा अध्यक्ष पदमा माओवादी केन्द्रबाट कुशेश्वर खेरवार यादवको उम्मेदवारी

    इटहरी । सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडाको वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट कुशेश्वर खेरवार यादवले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।उनलाई जनता समाजवादी पार्टीले सो पदमा समर्थन गरेकोछ । माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, सुनसरी जिल्ला इन्चार्ज निर्मल बराल, मजदुर फाँट इन्चार्ज डम्बर सुवेदी (हिमाल), प्रदेश नं. १ सभा सदस्य सपना परियार, संविधानससभा सदस्यहरु सदस्य अनिता परियार, सन्तोष थारु, जिल्ला पार्टी संयोजक पप्पु मण्डललगायतको नेतृत्वमा दुबै पार्टीका सयौं नेता कार्यकर्तासहित खेरवारले उम्मेदवारी दर्ता गराएका हुन् ।दुबै पार्टीका नेता, कार्यकर

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • 383 पटक पढिएको
    • नेपाल रेखा
  • स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

    काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 291 पटक पढिएको
    • नेपाल रेखा
  • ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    कुमोद अधिकारी विराटनगर । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले गरे । ग्रामथान गाउँपालिकाको कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलीय छलफल गरेका छन् । उनले निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताए । छलफलमा राजनीतिक दलले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्र

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • 303 पटक पढिएको
    • नेपाल रेखा
  • पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

    काठमाडौंँ । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ ।   अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको उक्त मन्त्रालयका प्रवक्ता डा।प्रका

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 227 पटक पढिएको
    • नेपाल रेखा
  • स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

    स्याङ्जा। आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार पालिकाभित्रका जुनसुकै टोल तथा घरका गर्भवतीलाई ‘बर्थिङ सेन्टर’ वा अस्पतालसम्म सुत्केरी गराउन तथा सुत्केरी भइसकेपछि घरसम्म फर्कने व्यवस्थाका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । “पालिकाभित्रका बर्थिङ सेन्टर तथा अस्पतालमा सुत

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 277 पटक पढिएको
    • नेपाल रेखा
  • आगलागी हुँदा १० लाखको क्षति

    बनियानी । बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाखबराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै रु १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छभने एक स्कुटरसमेत जलेको छ । आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा सोही स्थानका मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा सामान्य पिल्सिएको छ । स्थानीय मेडिकलमा सामान्य उपचारपछि उहाँलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । &

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 221 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]