लुटेराहरूद्वारा घरधनीको हत्या, लाखौँको लुटपाट

  • पुस ६, २०८१ / नेपाल रेखा
alt

जलेश्वर । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन् ।

घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात÷आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र रू ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताउनुभयो ।

झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ । अन्य के कति सरसामान लुटपाट गरेको बारेमा प्रहरी टोली घटनास्थलमा पुगेर खोजबिन गर्दैछ भने घरधनी सुशीलको शव पनि अहिले घटनास्थलमै रहेको जनाइएको छ ।

 

 

 

 

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]