समाचार

    Showing 131-140 of 650 items.
  • निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य जाँच

    विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । बूढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बूढीगंगा वडा नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् । बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले उद्घाटन गरेको शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सन्जीवकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरबाट इको, फोक्सो, इसिजी र सुगर टेस्टलगायतका स्वास्थ्य उपचारमा सहयोग प

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 306 पटक पढिएको
    • नेपाल रेखा
  • कटहरी गाउंसभाको छैठौं अधिवेशन

    कुमोद अधिकारी विराटनगर । मोरङको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको छैठौं अधिवेशन सम्पन्न भएको छ । सो पालिकामा आयोजित अधिवेशनले कार्यपालिकाको विभिन्न समयमा वसेको वैठकवाट पारित निर्णयहरु अनुमोदन गरेको छ ।वैठकले कटहरी गाउँपालिकामा भइरहेका विकास निर्माण, राजश्व तथा कर संकलन, अतिरिक्त समयमा खटेका कर्मचारीहरुको खाजा तथा खाना खर्च, स्वास्थ्य विमा कार्यक्रम संचालन कार्यविधिको पहिलो संशोधन स्वीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रको योजना स्वीकृत, पालिकाको जनप्रतिनिधिलाई चडपर्व खर्च, सो पालिकाको सातैवटै वडामा तिज, तिहार, जितिया, दशै तथा छठपर्वका लागि एक, एकलाख रुपैयाका दरले आर्थिक सहायता, सो पा

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 293 पटक पढिएको
    • नेपाल रेखा
  • जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

    जुम्ला  । जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियोे । सुरुआती वर्षमा २० किलो चामल वितरणको व्यवस्था थियो । आर्थिक वर्ष २०८१र८२ बाट सरकारले चामलको परिमाण बढाएर ३० किलो पुरयाइएको छ । जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोष तिवारीले भन्नुभयो, “कर्णाली क्षेत्रमा मातृ मृत्युदर कम गर्न ३० किलो चामल दिने गरिएको छ । यससँगै भाडा पनि दिने प्रबन्ध गरिएको छ ।” वि

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 293 पटक पढिएको
    • नेपाल रेखा
  • विद्यार्थीलाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री गरे व्यवसाय दर्ता खारेज गर्ने निर्णय

    विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भएको छ । धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीगँग छलफल गरी अबदेखि त्यस्तो कार्य रोक्नेसहित विभिन्न निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सम्बन्धित व्यवसायीलगायतको उपस्थितिमा भएको छलफलले विद्यालय पोशाक लगाएका र १८ वर्षमुनि युवायुवतीलाई हु

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 295 पटक पढिएको
    • नेपाल रेखा
  • वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन रोकियो, राजस्व सङ्कलनमा घट्यो

    सिरहा ।  डिभिजन वन कार्यालयले लहान नगरपालिका भएर बग्ने बलान, सर्रे र खुट्टी खोलामा नदीजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रदेश वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस नगर्दा चार महिनादेखि उत्खनन रोकिएको छ । नदीजन्य पदार्थका लागि ठेक्का नलाग्दा नगरपालिकाको राजस्व सङ्कलन घटेको छ भने विभिन्न विकास–निर्माण परियोजना प्रभावित भएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि नगरपालिकाले सबै प्रक्रिया पु¥याएर वन कार्यालयले मन्त्रालयसमक्ष सिफारिस नगर्दा समस्या भएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले गुनासो गर्नुभयो । “हामीले वन कार्

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 246 पटक पढिएको
    • नेपाल रेखा
  • दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेख । यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ । चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 288 पटक पढिएको
    • नेपाल रेखा
  • चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित

    चितवन । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बन्नुभएको बताउनुभयो । विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिनुभएका रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आउ

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 301 पटक पढिएको
    • नेपाल रेखा
  • लुटेराहरूद्वारा घरधनीको हत्या, लाखौँको लुटपाट

    जलेश्वर । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन् । घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात÷आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र रू ८० हजार नगद लुटेर लगेको प्रह

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 275 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीको गाउँबस्तीमा जोडियो चार हजार सडक बत्ती

    इटहरी । इटहरी उपमहानगरपालिकाका बिभिन्न वडामा ६ महिनाको समयमा साढे चार हजार सडक बत्ती जडान गरिएको छ । उज्यालो अभियान अन्तर्गत विभिन्न गाउँ बस्तीमा साढे चार हजार सडक बत्ती जडान गरिएको हो ।‘उज्यालो इटहरी’ अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विजुलीका पोलमा बत्ती जडान गरिएको उपमहानगरले जनाएको छ ।गत असारमा इटहरी १ बाट सुरु भएको बत्ती जडान कार्य इटहरीको २० वटै वडामा पुगेको छ । स्वचालित सडक बत्ती जडान कार्य गरिएपछि इटहरीमा चोरीका घटनामा कमी आएकोसमेत दाबी गरिएको छ ।बजार क्षेत्रमा पर्याप्त सडक बत्तीको व्यवस्था भएपछि उज्यालो हुँदा चोरीका घटनामा कमी

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 287 पटक पढिएको
    • नेपाल रेखा
  • स्थानीय तह उपनिर्वाचन-सबै नतिजा सार्वजनिक

    रमेश लम्साल काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गर्न

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 286 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]