लागूऔषधको कुलतमा फस्दै सेक्स वर्कर महिला

  • माघ ७, २०८१ / नेपाल रेखा
alt

इटहरी । सुनसरीका सेक्स वर्कर महिलाहरु लागूऔषधको लतमा फसेर भयावह स्थिती सिर्जना हुने खतरा सिर्जना भएको छ । सेक्स वर्कर महिलाहरुको हकहितमा कार्यरत संस्था महिला सहयोगी समूह इटहरीले शुक्रबार पत्रकार भेटघाट गरि उनीहरुको संख्या थपिएसँगै कुलतमा फस्नेको संख्या पनि बढ्दो गतिमा छ ।
सेक्स वर्कर महिलाहरुमा लागूऔषध खाने बानी छुट्ने छनक नदेखिएको कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष ज्ञाना खड्काले बताइन् । उनका अनुसार अहिलेसम्म २५० जनाले नसालु पदार्थ जाँड रक्सी र चुरोटको लतमा फसेका छन् । यस्तै, धरान क्षेत्रमा १६ जना सेक्स वर्कर महिला कडा खालको लागूऔषध प्रयोग गर्ने गरेका छन् । खासगरेर मानसिक तनाबमा रहेका सेक्स वर्कर महिलाहरुले तनाब कम गर्नका लागि जाँड रक्सी र चुरोटसँगै कडा खाले लागूऔषध प्रयोग गर्ने गरेका हुन् ।
‘एकातिर सेक्स वर्कर महिलालाई मानसिक पीडा छ भने अर्कातिर उनीहरुसँग बस्ने पुरुष ग्राहकले नसालु पदार्थ नखाईकन रमाइलो नै हुँदैन भनेर बाध्य पार्ने गरेका छन,’ उनले भनिन्, ‘यसरी नसालु पदार्थ सेवनले गर्दा दुवैको ज्यान जोखिममा रहने गरेको छ ।’ महिला सहयोगी समूहले नसालु पदार्थ प्रयोग गर्ने महिलालाई परामर्श दिने गरेतापनि पर्याप्त नभएकाले गर्दा सरकारी निकायबाटै लामो समयका लागि कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरिन् ।
यहाँ कार्यरत सेक्स वर्कर महिला आफ्ना श्रीमानका कारण पनि त्यो पेसामा संलग्न हुने गरेका छन् । विशेषगरी इनरुवा क्षेत्रमा आफ्ना श्रीमान्कै कारण महिला सेक्स वर्कर बनेका छन् । कतिपय आर्थिक अवस्था दयनीय भएका परिवारमा पुरुषले नै श्रीमतीलाई प्रोत्साहन गर्ने गरेको पनि पत्रकार भेटघाटमा जानकारी दिइयो ।
महिला सहयोगी समूहले सेक्स वर्कर भन्नाले व्यस्क व्यक्तिहरुद्दारा सहमतिमा पारिश्रमिक लिएर गरिने कार्य भएको जनायो । नेपालमा ६७ हजार ३०० सेक्स वर्कर महिला रहेका छन् । जसमा सुनसरीमा एक हजार ५०० सेक्स वर्कर रहेका छन् ।
सुनसरीमा रहेका सेक्स वर्कर महिलाहरु आफ्नै ग्राहकबाट समेत कतिपय सुरक्षित नभएको जानकारी दिइयो । खासगरेर सेवा लिने र पैसा नदिने नियत राखेका ग्राहकबाट महिलाहरु सुरक्षित नभएको महिला सहयोगी समूहकी कार्यकारी निर्देशक विमला ठकुरीले बताइन् । उनका अनुसार महिला सहयोगी समूहले अहिलेसम्म सेक्स वर्कर महिलामध्ये एचआइभी÷एड्स, यौन रोग, हिंसा र क्यान्सरबाट बचाउन विभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सेक्स वर्कर महिलाहरुले विना गल्ती पक्राउ गर्ने र मानसिक तथा शारीरिक यातना दिइने कार्य बन्द गर्न माग गरेका छन् । सेक्स वर्कर महिलाका लागि महिला सहयोगी समूहले सन् २०२० मा कोरोना भाइरस (कोभिड–१९ ) को महामारीले विश्वलाई नै आक्रन्त बनाएको बेला खाद्यन्नलगायतका राहत सामग्री वितरण गरिएको र नियमित रुपमा सरसफाईका सामग्री एवम् सिनेटरी प्याड प्रदान गर्दै आएको छ । यस्तै, सेक्स वर्कर महिलालाई सही ग्राहक रोज्न र सुरक्षित स्थान पहिचान गर्न सचेतना फैलाउने गरेको छ । सही ग्राहक नरोज्दा कहिलेकाँही अपराधिक मानसिकताका व्यक्तिद्दारा अनपेक्षित रुपमा दुर्घटनाका घटना हुन सक्ने भएकाले गर्दा त्यसमा विशेष सावधानी अपनाउने सचेत गर्ने गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]