झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभएको छ । मुलुककै होचो भूभाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उहाँले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि अपिल गर्नुभयो । जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आउनुभएका अध्यक्ष दाहालले कचनकवलको स्तम्भमा पुगेर झण्डात्तोलन गर्नुभएको हो ।उहाँले आजै कचनक
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम हुँदै गएको बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै सांसद कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताए । ‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ । उत्पादकत्व वृद्धि हुन सकेको छैन । परनिर्भरता बढ्दै गएको छ,’ उनले भने, ‘अर्कातिर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), सीपीआईलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपो
दमौली । भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार एक सय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य सकिएको जानकारी दिनुभयो । त्यस्तै छ हजार सात सय ७३ कित्तामा नाप नक्सा भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार छ सय २४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ । त्यस्तै १३ जनालाई लालपुर्जा न
इटहरी । सुनसरीको इटहरी स्थित हटियामा हप्ताको दुई दिन आइतबार र वुधवार हाट बजार लाग्ने गर्दछ । हट लाग्ने ठाउँलाई वुधहाट पनि भनिन्छ ।इटहरीवासीको किनमेलको थलो त हुदै हो वुधवारे हटिया, इटहरी आसपाका सुन्दरहरैंचा, लेटाङ्ग, कानेपोखरी, इनरुवा, झुम्कालगायतका टाढाबाटबाट पनि यस हटियामा सागसब्जी, माछा, मासु, लोकल कुखुरा हाँस, दलहनलगायत विविध किसिमका उपभोग्य वस्तु किनबेच गर्न यहाँ मानिसहरु जम्मा हुने गर्दछन् । बुधबारे हटियाबाट सामान किन्ने उपभोक्ताहरु ठगिने पनि गरेका छन्, माघ २३ गते वुधवार हटियालाई व्यवस्थित तथा अनुगमन गर्ने क्रममा इटहरी नगर प्रहरीले आलु व्यापारी विनोद पूर्वेको ढक तराजु बरामद गरेकोछ । पूर्व
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको आयोग अन्तिम हुनेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।चाबहिलमा मालपोत र नापी कार्यालय भवन उद्घाटन गर्दै उहाँले भूमि समस्या समाधान गर्न अहिले बनेको आयोगलाई अधिकार पनि दिइएको बताउनुभयो । पहिले आयोग बनाउने तर अधिकार नदिने समस्या भएकामा ऐन संशोधन गरेर अधिकार दिइएको मन्त्री अधिकारीको भनाइ थियो । “नागरिकता नम्बरमार्फत देशभर कसका नाममा कहाँ जग्गा छ भनेर थाहा पाउन सकिन्छ, अन्यत्र कसैले जग्गा लिएको पुष्टि भएमा कारबाही हुन्छ”, मन्त्री अधिकारीले भन्नुभयो ।नियम र विधिविपरीत काम
विराटनगर । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख सरोज गौतमलगायतको उपस्थतिमा मेयर कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो । रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आए
बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् । यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरुले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि मासिक रुपमा गाउँमा कसैको उमेर नपुगी विवाह भए, नभएको विषयमा छलफल गर्ने गरेको आमा समूहकी अध्यक्ष शोभा कुँवरले बताउनुभयो । “हाम्रो गाउँमा आमाहरुको स्वास्थ्य अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरु छन्,” कुँवरले भन्नुभयो, “अब कम्तीमा बालविवाह नहोस् भनी
इटहरी । सुनसरीका सेक्स वर्कर महिलाहरु लागूऔषधको लतमा फसेर भयावह स्थिती सिर्जना हुने खतरा सिर्जना भएको छ । सेक्स वर्कर महिलाहरुको हकहितमा कार्यरत संस्था महिला सहयोगी समूह इटहरीले शुक्रबार पत्रकार भेटघाट गरि उनीहरुको संख्या थपिएसँगै कुलतमा फस्नेको संख्या पनि बढ्दो गतिमा छ । सेक्स वर्कर महिलाहरुमा लागूऔषध खाने बानी छुट्ने छनक नदेखिएको कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष ज्ञाना खड्काले बताइन् । उनका अनुसार अहिलेसम्म २५० जनाले नसालु पदार्थ जाँड रक्सी र चुरोटको लतमा फसेका छन् । यस्तै, धरान क्षेत्रमा १६ जना सेक्स वर्कर महिला कडा खालको लागूऔषध प्रयोग गर्ने गरेका छन् । खासगरेर मानसिक तनाबमा रहेका सेक्स
म्याग्दी। जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ । प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको बताउनुभयो । “गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड (सङ्केत) नम्बरसहित प्रशासनमा पठाउँछन्&rdquo
काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबैै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । सङ्घीय सरकारले यही माघ २