विद्यार्थीमाथि अपशब्द बोल्ने इटहरी नगर प्रहरीमाथि कडा कार्बाही गर्न वाइसीएलको माग

  • फागुन २३, २०८१ / नेपाल रेखा
alt

इनरुवा । सुनसरीको इटहरी रंगशालामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कबड्डी खेलमा सहभागी विद्यार्थीहरुमाथि इटहरी नगर प्रहरीद्वारा गरिएका अपशब्द प्रयोग र अपमानजनक व्यवहारप्रति वाइसीएल नेपाल इटहरी उपमहानगर कमिटीले कडा आपत्ति जनाएको छ ।
वाइसीएल नेपाल इटहरी उपमहानगर कमिटीका अध्यक्ष तेजु चौधरी र सचिव सन्जय न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै इटहरी नगर प्रहरीद्वारा विद्यार्थीहरूलाई मनोबल गिर्ने र भावनामा ठेस पर्ने गरि अपशब्द बोल्दै गरिएको गैरजिम्मेवार र अशोभनीय व्यवहारले विद्यार्थी असुरक्षित भएको जनाइएकोछ । यही फागुन २० गतेको भएको प्रतियोगितामा इटहरी नगर प्रहरीबाट त्यस्तो व्यवहार भएको विज्ञप्तिमा जनाइएकोछ ।
शुक्रबार इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेललाई वाइसीएलले कार्यकक्षमा भेट गरि ज्ञापन पत्रसमेत बुझाएकोछ ।
ज्ञापन पत्रमा वाइसीएलले यस्तो व्यवहार देखाउने दोषी नगर प्रहरीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]