सुनसरीको इनरुवा नगरपालिका–४ स्थित मकैबालीमा दुई दिन अघिको हावाहुरी तथा असिनाले पुर्याएको क्षति । डेढ लाख रुपियाँ लगानी गरेर दुई बिघा जमिनमा लगाएको मकै असिना र हावाहुरीले क्षति गरिदिएको किसान दिनानाथ पण्डितको भनाइ छ । तस्बिर-नवीन गड्तौला-रासस
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरमा पर्यटकहरु यहाँको हावापानी, संस्कृति, रीतिरिवाज र भक्तपुरे शैलीमा निर्माण गरिएको घर देखेर एकदमै आकर्षित हुने गरेका छन् । तस्बिर- सागर गिरी-रासस
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोसी नदीमा बाँसको चेफामा बसेर पानीको बहाव सँगसँगै यात्रा गरिरहेका किसान तथा व्यापारी । सप्तकोसी किनारका भोजपुर, उदयपुर तथा धनकुटाका विभिन्न ठाउँका किसान तथा व्यापारीहरुले यसरी जोखिम मोलेर सप्तकोसीको जलमार्गबाट ल्याएको बाँस सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरा तथा चक्रघट्टी वरपर पुर्याएर बिक्री गर्ने गर्दछन् । तस्बिर - नवीन गड्तौला
सर्लाहीको बसबरिया गाउँपालिका अन्तर्गत पर्ने धनगढा र गोडैता नगरपालिकाको सिसौटियाको बीचमा रहेको गहुँ खेतमा गहुँबाली खान आएको नीलगाईको हुल । नीलगाईको हुल आएर भित्र्याउने बेला भएको गहुँबाली खाएपछि किसान चिन्तित भएका छन्। तस्बिर- विश्वनाथ ठाकुर-रासस
सुनसरीको वराहक्षेत्र नगरपालिका-९ स्थित काेसीटप्पु वन्यजन्तु आरक्षकाे चेकपाेस्टमा बिहीबार मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि छलफल गर्दै आरक्ष प्रशासन तथा मध्यवर्ती क्षेत्रका स्थानीय । तस्बिर - नवीन गड्ताैला
बिहीबार राति हावाहुरीसहित आएको पानीले सुनसरीको इनरुवा नगरपालिका–४ मा पुर्याएको क्षति । हावाहुरीले निर्माणाधीन घरको ढलानको तयारी गरिएको छत तथा साना घरको छानो उडाएको छ । तस्बिर- नवीन गड्तौला-रासस
कोसी प्रदेश पर्यटन मन्त्रालयले आयोजना गरेको कोसी पर्यटन महोत्सवका अवसरमा बिहीबार कोसीटप्पु वन्यजन्तु आरक्षस्थित अर्ना भ्यु पोइन्टबाट अर्ना तथा चरा अवलोकन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरू । तस्बिर- नवीन गड्तौला-रासस
सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालको बुधबार निरीक्षण गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता । तस्बिर - अजितकुमार झा-रासस
तीन हजार ६३६ मिटर उचाईमा अवस्थित नेपाल-भारत सीमाक्षेत्र इलामको सन्दकपुर डाँडामा कुम्भकर्ण र कञ्चनजङ्घा हिमश्रङ्खला अवलोकन गर्न आएका पर्यटक। सन्दकपुरमा हिजोदेखि यही चैत २३ गतेसम्म रेडपाण्डा महोत्सव सुरु भएकाले पर्यटकको चाप बढेको हो । तस्बिर- रामकुमार लिम्बू-रासस
सुनसरीको रामधुनी नगरपालिका-९, मर्चैयास्थित दिनाभद्री मन्दिरको स्थापना दिवसका अवसरमा बुधबार इनरुवामा निकालिएको कलशयात्रा । तस्बिर - नवीन गड्तौला