जनताको माग भनेको राजनीतिक दलहरुले जनतालाई लाभ फाइदा हुने कार्यक्रम ल्याउनु पर्छ मुलुक र जनताको हितमा रहेर राजनीति गर्नेलाई मात्र भोट दिनु पर्छ भन्ने हो । गठबन्धन गरेर, जालझेल गरेर, कानुन मिचेर शक्तिको आडमा अझै जे मनलाग्यो त्यही गर्ने ? जनता गरिवी, अशिक्षा, भोकमरी, वेरोजगारीमा डुवी रहुन् वास्ता नगर्ने ? आफु र आप्mना परिवार नातागोता अकुत सम्पत्ती कमाउन र सत्तामा पुगेर ऐस आराम गर्नमा रम्ने जनताको दुःख सुख देखेर पनि नदेखेको बहाना गर्नेहरुलाई सचेत मतदाताले आउने मंसिर ४ गतेको निर्वाचनमा धुलो चटाउनै पर्छ । –शालिग्राम पाण्डे । नेपाली जनताले फेरी एक पटक आप्mनो अधिकार
नेपालरेखा / इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवी लामिछानेले आँउदो मंसीर ४ गते हुने आमनिर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर जिताएको खण्डमा चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने बाचा गरेका छन् । सुनसरी स्थित ईटहरीको होटल ईम्पेरियलमा सोमवार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको नगर, जिल्ला र प्रदेश कमिटी गठन गर्ने क्रममा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक रवी लामिछानेले यस्तो बताएका हुन । “एउटा सामान्य टेलिभिजन कार्यक्रममा काम गर्दा धेरैलाई सेवा गर्न सकें भने तँपाईहरुको समस्या सुन्ने ठाँउमा पुगेको अवस्थामा देशलाईनै काया पलट गर्न सक्छु
जनकपुरधाम । अनुहार मलिन र चिन्तित देखिने धनुषाको शहीदनगर नगरपालिका–४ ननपट्टिका राजदेव वीनको अनुहारमा अचेल छुट्टै रौनक र चमक देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ साउन २ गते तराई मधेसका जिल्लामा वर्षांैदेखि कायम रहेको हरूवाचरुवा मुक्तिको घोषणा गरेसँगै वीनको अनुहारमा रौनक र चमक फर्किएको हो । “साहुकोमा म गोठालोको काम गर्दै आएको थिएँ”, वीनले भने, “अब सदाका लागि मुक्त भएको छु ।” जमिन्दारको घरमा हरूवाचरुवाको रुपमा काम गर्दा दासत्वको अनुभूति भएको उनको भनाइ छ । “पहिला जीवन कसैको अधिनमा छ भन्ने अनुभूति भइरहेको थियो, अब नयाँ जीवन पाएको महसुस भइरहेको छ ।&rdquo
ललितपुर । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ । उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हाँै ।” महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई पाँच हजार
जनक पाण्डेइटहरी÷‘पहिले यातायात नहुँदा ढाकरमा नुन बोक्नु पथ्र्यो, अहिले यातायातको सुविधाले यो अवस्था रहेन’ सुन्दरहरैचा, मोरङ्गको एक ड्राईभिङ्ग प्रशिक्षण केन्दका प्रोप्राईटर काजी कुमार तिमिल्सिनाले भने– ‘अहिले चालिस बर्ष कटेको अभिभावकलाई पनि ड्राईभिङ्ग सिक्न आवश्यकता बोध हुन थालिसकेको छ ।, यूवामाझ त यो अनिवार्य जस्तै छ, स्वदेश बिदेश सवैतिर आवश्यक भईसकेको छ, तर ड्राईभिङ्ग र ट्राफिक बारे औपचारिक शिक्षा छैन ।’ यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र इटहरीले मात्र चालक अनुमति पत्र (लाईसन्स)संग सम्बन्धित दैनिक सात सय देखि एक हजारसम्म सेव
जनक पाण्डेसुनसरी÷शडक किनारामा गरिने अब्यवस्थित सवारी पार्किङ्ग अहिले ईटहरीको ट्राफिक ब्यवस्थापनको लागि मूख्य चुनौति बन्दै गएको छ । ईटहरीको शहरी क्षेत्र भित्र मापदण्ड सहितको कुनै सवारी पार्किङ्गको उचित ब्यवस्थापन नहुँदा यस्तो समस्याको श्रृजना भएको हो । तिव्र शहरीकरण, घना बस्ती तर भौतिक संरचना र पूर्वाधारको पूर्ण मापदण्ड बिना निर्माण गरिएका संरचना र त्यसले श्रृजना गरेका अवरोध नै आज ईटहरी का लागि ट्राफिक ब्यवस्थापनको लागि टाउको दुखाई बनेको छ । ईटहरीका अधिकाँस ब्यावशायीक भवन, संघ संस्था, बित्तिय संस्था सुपर मार्केट, डिपार्टमेन्टल स्टोर आदिका आफ्ना निजी पार्किङ्ग नहुँदा शडकमा हुने पार्किङ्ग
कुमोद अधिकारीविराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ । १० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो । नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीले सोमबार एक समारोहका बीच सपथ ग्रहण गराएकी छन् । कार्यक्रममा समितिका सदस्य तीर्थेन्द्र नेउपाने र रुपा देउजालाई संयोजक कार्कीले सपथग्रहण गराएकी हुन् । नेउपाने विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हुन् देउजा विराटनगर ९ की वडा सदस्य हुन् । न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । सफथ ग्रहणपश्चात उपमेयर कार्कीले न्याय सम्पादनम
विराटनगर । इस्लाम धर्मावलम्वीहरुले मनाउने दोस्रो ठूलो चाड बकरिद(ईद उल अजहा) विराटनगरमा हर्षोउल्लासका साथ मनाइएको छ ।यसै उपलक्ष्यमा आइतबार बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) गरिएको छ । ठुलो शंख्यामा मुस्लिम समुदाय सहभागी भएर सामुहिक नमाज गरेका थिए ।इस्लाम धर्मावलम्बीहरूको महान चाड बकर ईद रमजान पर्वको ७० औं दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत् अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्व समेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बीहरू बिहानै नुहाइ–धुवाइ गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्
इटहरी । प्रकृति पुजक किराँत राई समुदायले बैशाख पूर्णिमादेखि एक महिनासम्म मनाउने पर्व उभौली सुनसरीको इटहरीमा विभिन्न कार्यक्रमकाबिच धुमधामका साथ मनाइको छ ।किराँत राई वान्तवा खिम केन्द्रीय कार्यसमितिको आयोजनामा इटहरीमा बहुउद्धेश्यीय साँस्कृतिक संग्रालय भवन शिलान्यास, साकेलासिली लगायतका जातीय नाच सहित धुमधामका साथ मनाइएको हो ।आदिमकाल देखि नै पूर्वी नेपालमा किराँत समुदायको सघन रुपमा बसोबास रहदै आएको छ । किराँत समुदायले मनाउने चाडपर्वहरुले पूर्वी नेपालको धार्मिक तथा सांस्कृतिक विविधतामा महत्व राख्दै आएको छ । प्रकृति पुजक किराँत समुदायले मान्ने महत्वपूर्ण चाड उभौली बाली लगाएपछि मनाउने गरिने किराँत र
धरान । सम्पूर्ण उत्पीडित दलित शिल्पि एक होऔ भन्ने नाराकासाथ धरानमा १७ औ जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस सम्पन्न भएको छ । जेठ २१ गते धरान भानुचौकको लोकतान्त्रिक चौतारीमा सम्पन्न भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नेता मुकसामहाङ मेन्याङ्बो (मुकेश) ले २०६३ साल जेठ २१ गते भएको जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय घोषणा र २०७२ को नयाँ संविधानमा दलितको हकलाई मौलिक अधिकारमा लिपिबद्ध गर्दै दलित राष्ट्रिय आयोगको व्यवस्था हुनु दलित आन्दोलनको महत्वपूर्ण उलपलब्धिको रूपमा लिनुपर्ने वताए । हजारौं बर्ष देखि प्रतिक्रियावादीहरूले आफ्नो स्वार्थ सिद्ध गर्न निर्माण गरेको विचार र व्