खेलकुद

    Showing 51-60 of 127 items.
  • विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

    कुमोद अधिकारी विराटनगर । हाम्रो शान विराटनगरको पहिचान विराट गोल्डकप भन्ने नारा सहित भोलिदेखि विराटनगरमा आयोजना हुन लागेको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।विराट गोल्डकप ट्रष्टले आज पत्रकार सम्मेलन गर्दै विराटनगरको सहिद रंगशालामा आयोजना हुन लागेको सो फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।यस अघि समितिमार्फत हुँदै आएको फुटबल प्रतियोगिताको यस वर्षको विराट गोल्डकपको आठौ संस्करणको ट्रष्टले आफैले आयोजना गर्दैछ । ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले भोलिबाट चैत–२४ गतेसम्म विराटनगर आयोजना हुन लागेको फुटबल प्र

    • प्रकाशित मितिः चैत १४, २०८०
    • 787 पटक पढिएको
    • नेपाल रेखा
  • चर्च ब्वाईज इटहरी गोल्डकपको सेमिफाइनलमा

    इटहरी । न्युरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा मंगलबार राति सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले बुढासुब्बा गोल्डकप बिजेता एनआरटीमाथि २–१ गोलको जीत हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । चर्च ब्वाइजको जीतमा अबायोमी फकुन्ले र सुरजज्यु ठकुरीले गोल गरे । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काए । खेलको ३७ औं मिनेटमा अबायोमीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआ

    • प्रकाशित मितिः चैत १४, २०८०
    • 820 पटक पढिएको
    • नेपाल रेखा
  • त्रिभुवन आर्मी इटहरी गोल्डकपको सेमिफाइनलमा

    इटहरी । त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ । इटहरी रंगशालामा सोमबार राति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । निर्धारित समयमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा बिर्तामोडका बिबेक पौडेल, आशिष चापागाई र देबेन्द्र तामाङको प्रहार बिफल भयो । तर बिशाल दर्जी र मौषम सुब्बाको प्रहार भने गोलमा परिणत भएको थियो । आर्मीका जीतेन्द्र कार्की, नवयुग श्रेष्ठ, फ

    • प्रकाशित मितिः चैत १३, २०८०
    • 733 पटक पढिएको
    • नेपाल रेखा
  • आयोजक राष्ट्रिय जागृति क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा

    इटहरी । आयोजक राष्ट्रिय जागृति क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको अन्तिम चारमा पुग्न सफल भएको छ । इटहरी रंगशालामा आइतबार राति सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा आयोजकले पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब भारतलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो ।पेनाल्टीमा एरिन तामाङ्गको प्रहार बाहिरिएपछि कञ्चनजंगा क्वाटरफाइनलमै घर फर्कन बाध्य भयो । उसका चार जना खेलाडी अभिषेक लामा, निवाङ तामाङ, पुजन

    • प्रकाशित मितिः चैत १३, २०८०
    • 768 पटक पढिएको
    • नेपाल रेखा
  • सगरमाथा युथ क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा

    इटहरी । मोरङको सगरमाथा युथ क्लब इटहरीमा भइरहेको १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सुनसरीको इटहरी रंगशालामा शनिबार राति खेलाइएको उद्घाटन खेलमा सगरमाथाले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।साविक विजेतासमेत रहेको सगरमाथाको जितमा बिमल घर्तीमगरले २ गोल गरेका थिए । सगरमाथाले विदेशी खेलाडी भित्र्याएको छ । उनै विदेशी खेलाडी स्टेफिन समिर विलोङले १ गोल गरेका थिए । खेल सुरु भएको ३ मिनेटमै स्टेफिन विलोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।खेलको ३६

    • प्रकाशित मितिः चैत ११, २०८०
    • 620 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश स्तरीय आइटिएफ तेक्वान्दोको उपाधि सुनसरीलाई

    विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा सुनसरी ८ स्वर्ण, ६ रगत र ४ कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो । शनिबार सम्पन्न भएको प्रतियोगितामा मोरङ ६ स्वर्ण, ८ रजत र ४ कास्य पदकका साथ दोस्रो र झापा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकका साथ तृतीय भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको एकल पुरुष स्पाइरिङतर्फ ४५–५० केजी समूहमा सुनसरीका इशान राई प्रथम, मोरङका प्रकाश शर्मा द्वितीय भए । यसैगरी ५१–५५

    • प्रकाशित मितिः चैत १०, २०८०
    • 629 पटक पढिएको
    • नेपाल रेखा
  • आयोजक हाम्रो इटहरीलाई भेट्रान गोल्डकपको उपाधी

    इटहरी । चौथो संस्करणको इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक हाम्रो इटहरी भेट्रान क्लबले जितेको छ । फाइनलमा आयोजक हाम्रो इटहरीले रियल फ्रेण्डस भेट्रान, सिक्किम (भारत) लाई टाईब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ हाम्रो इटहरीका लागि लिलाराम मगरले गोल गरेका थिए भने रियल फ्रेण्डसका लागि सन्तोष राईले गोल फर्काएका थिए । त्यपसपछि दुबै टिमबाट गोल नभएपछि खेलको निर्णय टाईब्र

    • प्रकाशित मितिः चैत ६, २०८०
    • 603 पटक पढिएको
    • नेपाल रेखा
  • १४ औं अन्तरर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप चैत्र १० गतेदेखि

    राजन केडीइटहरी । सुनसरीको इटहरी रंगशालामा आगामी चैत्र १० गतेदेखि १७ गतेसम्म १४ औं अन्तरर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक क्लब राष्ट्रिय जागृतिले मंगलबार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार प्रतियोगितामा १० क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता संयोजक अनुरोध थापाले फुटबल क्लबहरु ए.पी.एफ.(काठमाडौं) मानेभन्ज्याङ्ग (भारत), चर्च व्वाइज युनाइटेड (काठमाडौं), त्रिभुवन आर्मी (काठमाडौं), विर्तामोड युनाइटेड (झापा), सगरमाथा युथ (मोरङ), आयोजक राष्ट्रिय जागृति (इटहरी), कन्चनजंघा (भारत), मच्छिन्द्र (काठमाडौं) र एन. आर. टि. (काठमाडौं) बीच प्रतिस्पर्धा हुने बताए

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • 520 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा भेट्रान फुटबलको तयारी

    अर्जुन शर्माइटहरी । पूर्वमा एकबेला फुटबलको उद्गम स्थलको रुपमा इटहरी परिचित थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि सुरेन्द्र तामाङ्ग, रितेश थापा, श्याम मानन्धर, राजु सुन्दासजस्ता खेलाडीहरु मैदानमा उत्रिदा हाई हाई हुन्थे, अब यी खेलाडीहरुलाई भेट्रान प्रतियोगितामा भेट्ने छौं । इटहरीमा यही फागुन २६ गतेदेखि हुन लागेको भेट्रान गोल्डकप पूरानै फुटबलको झल्को दिंदै जनता क्याम्पसको मैदानमा चर्चित खेलाडीहरु लिएर सुरु हुदैछ । नेपालका ८ र भारत सिकिमको रियल फ्रेड्स गरि ९ वटा क्लबहरुको प्रतिस्पर्धा रोचक हुने आयोजक हाम्रो भेट्रान क्लब इटहरीको दावी छ । यो खेल सम्पन्न गर्न करिब ८ लाख रुपैंया लाग्ने

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • 542 पटक पढिएको
    • नेपाल रेखा
  • वाफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेता

    काठमाडौँ । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो । जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले बराबरी गोल गरिन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा नेपालकी दिपा शाहीले पनि गोल गरिन् । त्यसपछि जोर्डनको लगातार दुई प्रहार गोलमा परिणत भएको थियो तर नेपालकी हिरा भु

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • 521 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]