१४ औं अन्तरर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप चैत्र १० गतेदेखि

  • फागुन २२, २०८० / नेपाल रेखा
alt

राजन केडी
इटहरी । सुनसरीको इटहरी रंगशालामा आगामी चैत्र १० गतेदेखि १७ गतेसम्म १४ औं अन्तरर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक क्लब राष्ट्रिय जागृतिले मंगलबार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार प्रतियोगितामा १० क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता संयोजक अनुरोध थापाले फुटबल क्लबहरु ए.पी.एफ.(काठमाडौं) मानेभन्ज्याङ्ग (भारत), चर्च व्वाइज युनाइटेड (काठमाडौं), त्रिभुवन आर्मी (काठमाडौं), विर्तामोड युनाइटेड (झापा), सगरमाथा युथ (मोरङ), आयोजक राष्ट्रिय जागृति (इटहरी), कन्चनजंघा (भारत), मच्छिन्द्र (काठमाडौं) र एन. आर. टि. (काठमाडौं) बीच प्रतिस्पर्धा हुने बताए ।
पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्बजनले विजेता क्लबले दश लाख पुरस्कार पाउने बताए । उनले उपविजेताले ५ लाख पाउने जानकारी दिए । त्यसैगरि, सर्वोकृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले दश हजार, उत्कृष्ट गोलरक्षकले बीस हजार, उत्कृष्ट डिफेन्डरले बीस हजार पुरस्कार पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
त्यसैगरि, उत्कृष्ट स्ट्राइकरले बीस हजार, उत्कृष्ट प्रशिक्षकले बीस हजार र सर्वाधिक गोलकर्ताले पश्चिस हजार पुरस्कार यो प्रतियोगितामा पाउनेछन् । साथै राइजिङ प्लेयरले १ थान एलइडी प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गर्ने उल्लेख छ । संरक्षक भने कोशी प्रदेश खेलकुद विकास बोर्ड, राष्ट्रिय खेलकुद परिषद रहेको छ । गोल्डकपको मुख्य प्रायोजक कन्ट्रोल लुब्रिकेन्ट रहेको छ । प्रयोजकहरुमा टुबोर्ग, रेड ब्लु, रिलाइएबल जुस रहेका छन् । सहप्रयोजकहरुमा अन्नपूर्ण सिमेन्ट, एनइई, सुविसु इन्टरनेट, सलिको इन्सुरेन्स, पूर्वाञ्चल इभेन्ट र उत्तरी मोरङ उद्योग रहेका छन् ।
यो प्रतियोगितामा ७५ लाख ५० हजार खर्च र आम्दानी ७६ लाख हुने आयोजकले अनुमान गरेको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]