खेलकुद

    Showing 41-50 of 127 items.
  • मिल्स गोल्डकपको उपाधि एपीएफलाई

    विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । जितको लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले समान १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट सान्तवना गोल मिलन राईले फर्काए । यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाई

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 1,040 पटक पढिएको
    • नेपाल रेखा
  • फिनल्याण्डमा हुने भलिबल प्रतियोगिताका लागि एनईएससीको टिम तयार

    विराटनगर । फिनल्याण्डमा हुने भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) सहभागिता जनाउने भएको छ । आगामी मे ११ तारिखमा हुने प्रतियोगिताका लागि एनईएससीका तर्फबाट टिमसमेत तयार भएको छ । अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको एनईएससीले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विभिन्न देशका ७ वटा टिम सहभागी हुने प्रतियोगितामा एनईएससीका तर्फबाट अञ्जन अधिकारीको कप्तानीमा ख्याम विक, आङ कामी लामा, गर टेम्बा शेर्पा, राजु विश्वकर्मा, प्रेम विश्वकर्मा, पासाङ निमा शेर्पा (म्याजेजर) सुनिल दियाली, कृष्ण विश्वकर्मा, विवेक बजगाईं,

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • 853 पटक पढिएको
    • नेपाल रेखा
  • विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

    विराटनगर । मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो । प्रतियोगिताअन्तर्गत शनिबार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्र चम्किएको हो । खेलको ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गरेका हुन् । उपाधिसँगै मच्छिन्द्र क्लबले ११ लाख र साङ्ग्रिलाले पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितका प्लेयर अफ द म्याच

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 882 पटक पढिएको
    • नेपाल रेखा
  • लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व

    भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन् । नेपाल, चीन, पाकिस्तान र श्रीलङ्काका धावकहरु सहभागी म्याराथनमा पुरुषतर्फको म्याराथनको उपाधि बाग्लुङका तीर्थ पुनले जित्नुभएको छ । पुनले निर्धारित ४२ दशमलव एक सय ९५ किलोमिटरको दूरी दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गर्दै स्वर्ण पदकसँगै नगद पाँच लाख प्राप्त गर्नुभयो । सोही दूरी दुई घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले द्वितीय स्थान हासिल गर्नुभयो । उहाँले नगद तीन लाख पुरस्कार प्राप्त गर्नुभयो । कर्णालीका दुर्गाबहादुर बुढाले दुई घण्टा २२ मि

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 957 पटक पढिएको
    • नेपाल रेखा
  • एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा

    विराटनगर । पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा बुढासुब्बा गोल्डकपको बिजेता न्यूरोड क्लब (एनआरटी) काठमाण्डौंलाई २–१ गोलले पराजित गरी सिक्कम एनआरटी सेमिफाइनलमा पुगेको हो । जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मंगबलार हुने मच्छिन्द्र एफसी काठमाण्डौं र साथर्न समिति एफसि कोलकत्ताको बिजेता टिमसँग खेल्नेछ । जितको लागि सिक्कमका ह्यारिसन र आर्दश तामाङले गोल गरे । एनआरटीको तर्फबाट शिशिर लेखीले सान्तवना गोल फर्काए । एनआरटीका अफिज ओलावालेले ४० औं मिनेटमा

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 853 पटक पढिएको
    • नेपाल रेखा
  • गछिया र इटहरी भेट्रान्स क्बल विजयी

    विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्बल इटहरी विजयी भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिला खेलमा घरेलु टिम मिल्स भेट्रान्स क्लब रानीलाई ३ –१ गोलले हराउँदै गछिया विजयी भएको हो । जितको लागि गछियाको तर्पmबाट सन्देश श्रेष्ठ, होमनाथ बराल र सिताराम बास्तोलले गोल गरे । सान्तवना गोल मिल्सको तर्फबाट बिजय राईले फर्काए । म्यान अफ द म्याच गछियाको इन्द्र राई घोषित भए । उनले नगद ११ सय पाए । सोही दिन भएको दोस्रो खेलमा हाम्रो भेटान्स क्बलले दमक लखनपुर भेटान्स क्बललाई १–० गोलले पराजित

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 833 पटक पढिएको
    • नेपाल रेखा
  • चर्च ब्वाइजले जित्यो इटहरी गोल्डकपको उपाधी

    इटहरी । १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधी फुटबलको उपाधी चर्च ब्वाइजले जितेको छ । शनिबार राति सम्पन्न फाइनलमा गत संस्करणको उपबिजेता समेत रहेको चर्च ब्वाइज युनाइटेडले बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । चर्च ब्वाइजले उपाधीसंगै नगद १० लाख रुपैया पाएको छ । उपबिजेतामा सिमित आर्मीले ५ लाखमा चित्त बुझाउन बाध्य भएको छ । चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका हुन् । खेलको तेस्रो मिनेटमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले बांकी अधिकांश समय रक्षात्मक

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 908 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी गोल्ड कपको च्याम्पीयन बन्ने दाउमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी

    इटहरी । आज शनिबार १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको फाइनल म्याच हुदैछ । यो म्याचको च्याम्पीयन बन्ने दाउमा चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लब छन् । इटहरी रंगशालामा साँझ साढे ६ बजे हुने खेलमा दुवै टिम च्याम्पीयन बन्ने होडमा छन् ।फाइनल खेलअघि शुक्रवार रंगशालामा आयोजना गरिएको प्रिम्याच पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक तथा क्याप्टेनले उपाधि जित्न आफूहरुले हरदम प्रयास गर्ने बताए । दुवै टिम सन्तुलित र उत्कृष्ट रहेकाले सम्भावना बराबरी रहेको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीको पछिल्लो समय उच्च लयमा रहेको चर्च ब्वाइज विरुद्धको खेल चुनौतीपूर्ण

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 1,028 पटक पढिएको
    • नेपाल रेखा
  • चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधीका लागि आर्मीसंग भिड्ने

    इटहरी । सुनसरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधीको लागि चर्च ब्वाइज युनाइटेड र बिभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । इटहरी रंगशालामा बिहिबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले आर्मीसंगको उपाधी भिडन्त पक्का गरेको हो । चर्च ब्वाइजका लागि समिर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यानअफ द म्याच समेत घोषित हुदै नगद १० हजार हात पारे ।गत संस्करणको उपबिजेता च

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 751 पटक पढिएको
    • नेपाल रेखा
  • साबिक बिजेता सगरमाथालाई पराजित गर्दै आर्मी इटहरी गोल्डकपको उपाधी नजिक

    इटहरी । बिभागीय टिम त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमीफाइनल खेलमा साबिक बिजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २–१ गोलको जीत हात पार्दै आर्मी उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटमा धकेलिएको थियो । आर्मी जीताउन गोलकिपर बिकेश कुथुले सगरमाथाको ३ वटा प्रहारलाई बिफल तुल्याए । उनले बिजय भुजेल, स्टेफन समिर बिनोङ र प्रिसोको प्रहार रोकेका थिए । दिवारकर चौधरीको प्रहार भने गोलमा परिणत भएको थियो । बिम

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 1,107 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]