साबिक बिजेता सगरमाथालाई पराजित गर्दै आर्मी इटहरी गोल्डकपको उपाधी नजिक

  • चैत १५, २०८० / नेपाल रेखा
alt

इटहरी । बिभागीय टिम त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमीफाइनल खेलमा साबिक बिजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २–१ गोलको जीत हात पार्दै आर्मी उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
आर्मी जीताउन गोलकिपर बिकेश कुथुले सगरमाथाको ३ वटा प्रहारलाई बिफल तुल्याए । उनले बिजय भुजेल, स्टेफन समिर बिनोङ र प्रिसोको प्रहार रोकेका थिए । दिवारकर चौधरीको प्रहार भने गोलमा परिणत भएको थियो । बिमल घर्तीमगरको प्रहार आकाशिएको थियो । आर्मीका फत्तेमान घले र रिपु भुलानले गोल गरे । नवयुग श्रेष्ठको प्रहार बारमा लागेर बाहिरिएको थियो । जीतेन्द्र कार्कीको प्रहार सगरमाथाका गोलकिपर प्रिसोले रोके ।
बुधबारको खेलको म्यान अफद म्याच गोलकिपर कुथु घोषित हुदै नगद १० हजार पाए । बिहीबारको अन्तिम सेमिफाइनल खेल गत बर्षको उपबिजेता चर्च ब्वाईज युनाइटेड काठमाण्डौ र आयोजक राष्ट्रिय जागृती क्लबबिच प्रतिष्पर्धा हुनेछ । आयोजक पाहुना टोली कञ्चनजंगा फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने चर्च ब्वाइजले न्युरोड टिम एनआरटीलाई पराजित गर्दै आयोजकसंगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो । शनिबार हुने फाइनल खेलको बिजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयामा चिक्त बुझाउनुपर्नेछ ।

असार सकिँदासम्म खेत ...

असार सकिने बेलासम्म बाँझै रहेकाे सुनसरीको गढी ...

अपाङ्गता भएका बालबाल ...

झापा । मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ् ...

मन्त्री गुप्ताद्वारा ...

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज ...

गोली प्रहारबाट किशोर ...

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा ग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]