खेलकुद

    Showing 91-100 of 127 items.
  • इटहरी गोल्डकपको उपाधी दोस्रो पटक सगरमाथाले उचाल्यो

    इटहरी । १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकपको उपाधी सगरमाथा युथ क्लब मोरङले जितेको छ । इटहरी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले दोस्रो पटक उपाधी उचालेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । चर्च ब्वाइजका फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, बिदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोज राईको प्रहार आकाशिएको थियो । सगरमाथाका अभिषेक लिम्बू, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, महिन्द्र कार्की र बिबेक बर्म

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 209 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर सिटी सेमिफाइनलमा

    विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको हो । जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयकोे १ सय १७ औं मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरे । दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे । खेलको १ सय ३ मिेनटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टिमको ज

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 132 पटक पढिएको
    • नेपाल रेखा
  • मिल्स गोल्डकपको उपाधि झापाको ध्रुवतारालाई

    विराटनगर । पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो ।जितको लागि झापाका गौरव धिमालले दुई गोल र प्रविण राईले एक गोल गरेका थिए । सिरहाको तर्फबाट बिनु आलेमगर र विधान लामाले गोल गरे ।उपाधिसँगै झापाले २ लाख ११ हजार रुपैयाँ पायो । उपबिजेता सिरहाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो ।खेल सुरू भएको १६ औं मिनेटमा झापाका गौरव धिम

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 128 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई तीन लाख पुरस्कारको घोषणा

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख राशिको पुरस्कार घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उहाँले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । “मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईँहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईँहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु”, खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो&n

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 127 पटक पढिएको
    • नेपाल रेखा
  • मोर्डन यराले जित्यो मोरङ जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि

    विराटनगर । युनिभ मोर्डनयरा कलेजले मोरङ जिल्ला स्तरीय अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । विराटनगरको पुष्पलाल चौकको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा मोर्डन यराले इडनबर्ग कलेजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।सुरुवाती दुई सेटमा सहजै जित निकालेको मोर्डन यराले तेस्रो सेटमा भने कठिन जित निकालेको थियो । मोर्डन यराले २५–१३, २५–१४ र २५–२३ को सोझो सेटमा जित निकाल्दै विजेता बनेको हो ।जितसँगै मोर्डन यरा कलेजले नगद ३१ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उवविजेता बनेको इडनबर्ग कलेजले नगद २१ हजारमा चित्त बुझाएको छ ।प्रतियोगिताको व

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 136 पटक पढिएको
    • नेपाल रेखा
  • ७० लाख बढी खर्चमा इटहरी अन्तर्राष्ट्रिय गोल्डकप आयोजना हुदै

    अर्जुन शर्माइटहरी । सुनसरीको इटहरी रंगशालामा १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । इटहरीको पुरानो क्लब राष्ट्रिय जागृतीले इटहरी गोल्डकपको आयोजना तयारी गरेको हो । आगामी चैत्र ४ गतेदेखि यो प्रतियोगिता आयोजना हुने राष्ट्रिय जागृती क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।गोल्डकपलाई भव्यतापूर्वक सम्पन्न गर्नको लागि ७० लाख बढी खर्च हुने अनुमान गरिएको छ । खेलमैदान मर्मत तथा स्टेज निर्माण ३ लाख, उद्घाटन तथा समापन समारोहमा २ लाख, खेलको लागि आवश्यक सामाग्री–फुटबल १० थान, पोल नेट १ सेट, कर्नर फ्लाग २ लाख ५० हजार नगद पुरस्कार–विजेता टिमला

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 760 पटक पढिएको
    • नेपाल रेखा
  • सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन्

    म्याग्दी । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि स

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 139 पटक पढिएको
    • नेपाल रेखा
  • फुटबल खेलाडीलाई प्रोत्साहित गर्न पांचौ मेयर कपः गच्छदार

    दुहबी । फुटबल खेलाडीलाई प्रोत्साहित र प्रोत्साहन प्रदान गर्न सुनसरीको दुहबीमा पांचौ मेयर कप फूटबल प्रतियोगिता हुने भएको छ ।शृक्रबार दुहबी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि नगरप्रमुख बेदनारायण गच्छदारले नगरभित्र बसोबास गर्ने वासिन्दाहरुको एक आपसमा परिचय, मित्रता, आपसी सद्भाव र हरेक वडामा फूटबलको महत्व तथा फुटबल खेलाडीलाई प्रोत्साहित र प्रोत्साहन गर्न पांचौ मेयर कप फूटबल प्रतियोगिता संचालन गर्न लागिएको सो कुरा बताएका हुन् ।शृक्रबार दुहबी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि फागुन १ गते देखि १२ गते सम्म पांचौं मेयरकप फुटबल प्रतियोगिता सुरु हुने आयोजकले जनाएको हो ।पत्रका

    • प्रकाशित मितिः माघ २८, २०७९
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

    काठमाडौँ । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको बिहीवार राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो । यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । सत्र वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका पेलेको वास्तविक नाम भने एजिडिसरन एरेन्टस डो नासिमेन्टो हो ।प

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 148 पटक पढिएको
    • नेपाल रेखा
  • ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

    काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा भएको २२ औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भए पनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।खेलको २३ औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लियोलन

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 141 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]