मोर्डन यराले जित्यो मोरङ जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि

  • फागुन २९, २०७९ / नेपाल रेखा
alt

विराटनगर । युनिभ मोर्डनयरा कलेजले मोरङ जिल्ला स्तरीय अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । विराटनगरको पुष्पलाल चौकको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा मोर्डन यराले इडनबर्ग कलेजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
सुरुवाती दुई सेटमा सहजै जित निकालेको मोर्डन यराले तेस्रो सेटमा भने कठिन जित निकालेको थियो । मोर्डन यराले २५–१३, २५–१४ र २५–२३ को सोझो सेटमा जित निकाल्दै विजेता बनेको हो ।
जितसँगै मोर्डन यरा कलेजले नगद ३१ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उवविजेता बनेको इडनबर्ग कलेजले नगद २१ हजारमा चित्त बुझाएको छ ।
प्रतियोगिताको विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्वोले पुरस्कार तथा शिल्ड हस्तान्तरण गरेका थिए । यस्तै उपविजेता टिमलाई नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी कोशी प्रदेशका पूर्व अध्यक्ष सागर थापाले पुरस्कार तथा शिल्ड हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका मोर्डन यराका रविन गौतमले नगद १० हजार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट स्पाइकरमा इडनबर्गका सुमन बुढाथोकी, उत्कृष्ट सेटरमा मोर्ड नयराका दमन खवास, उत्कृष्ट सर्बरमा मोर्डन यराका पुकार तामाङ, उत्कृष्ट लिब्रोमा मोर्डन यराका योगेश राई, उत्कृष्ट ब्लकरमा इडनबर्गका विराज थापा र उदयमान खेलाडीमा इडनबर्गका सुसन धिमाललाई पुरस्कृत गरिएको थियो । उनीहरुले जनही ५–५ हजार प्राप्त गरेका छन् ।
मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा गत बिहीबारबाट सञ्चालन भएको प्रतियोगितामा ९ टिमले सहभागिता जनाएको खेल संयोजक नवराज नेपालले जानकारी दिए ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]