अर्थ–वित्त

    Showing ५१-६० of १५४ items.
  • बढ्यो दूधको मूल्य

    काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो ।संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बिहीवारदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको जानकारी दिए । यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दूधको प्रतिलिटरको कृषक खरिद मूल्य प्रतिलिटर खरिद मूल्य न्यूनतम ६५ कायम गरिएको उनले बताए । मन्त्र

    • प्रकाशित मितिः चैत्र ३, २०७९
    • ३३ पटक पढिएको
    • नेपाल रेखा
  • सहकारीमा देखिएको समस्याका विषयमा महानगरको चासो

    विराटनगर । विराटनगर महानगरपालिकाले पछिल्लो समय सहकारीमा देखिएका समस्याका विषयमा चासो देखाएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेकोछ । अन्तरक्रियालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मर्जरमा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए । केही सहकारीका कारण राम्रो काम गर्ने सहकारीको बदनाम भइरहेको उनको भनाइ थियो । “यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारीहरू पनि छन्,” उनले भने,“केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ । मर्जरमा गएर सहकारी बलियो हुनुपर्छ ।”सरकारीको मर्म र

    • प्रकाशित मितिः चैत्र २, २०७९
    • ३४ पटक पढिएको
    • नेपाल रेखा
  • महिला दिवसमा वक्तृत्वकला प्रतियोगिता

    इटहरी । महिला साकोसले आफ्नो वार्षिक कार्ययोजना अनुसार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । महिला दिवसका दिन सहकारी अभियानमा महिलाहरुको अवसर र चुनौतीहरु शीर्षकमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । साकोस अध्यक्ष अमृता सुब्बाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । साहित्यकार टीका आत्रेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन पुनम थापामगरले गरेकी थिइन् । सो प्रतियोगितामा इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैंचा नगरपालिका क्षेत्रका ११ वटा विद्यालयहरुका छात्राहरुको सहभागिता रहेको थियो ।जसमा प्रथम कोशी सेन्ट जेम्स स्कूलकी विद्यार्थी दिपिका लुइँटेल, दोस्र

    • प्रकाशित मितिः फाल्गुन २८, २०७९
    • १९८ पटक पढिएको
    • नेपाल रेखा
  • सानिमा मिडिल तमोरको आइपिओ खुला

    काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।कम्पनीले प्रतिसेयर रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर निस्कासन गरेको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी रु तीन अर्ब ३३ करोड २४ लाखको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा निष्कासन र बाँडफाँट गरेको थियो ।त्यस्तै चार लाख ९९ हजार आठ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख ४९ हजार नौ सय ३७ कित्ता सेयर सामूहिक

    • प्रकाशित मितिः फाल्गुन २६, २०७९
    • ४० पटक पढिएको
    • नेपाल रेखा
  • व्यास नगरपालिकाद्वारा छ करोड राजस्व सङ्कलन

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले छ महिनाको अवधिमा करिब साढे छ करोड राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९–८० को साउनदेखि पुससम्म आन्तरिक आयतर्फ छ करोड चार लाख ९६ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले आन्तरिक स्रोतबाट २२ करोड ६० लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा छ महिनामा २८.४५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । नगरपालिकाले सम्पत्ति कर, मालपोत कर, घरबहाल कर, प्राकृतिक स्रोतसाधनलगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । नगरपालिकाले यस अवधिमा सङ्घीय सरकारमार्फत ४४ करोड ६२ लाख ५३ हजार चार सय ४५ प्राप्त गरेको छ

    • प्रकाशित मितिः माघ २९, २०७९
    • ३२ पटक पढिएको
    • नेपाल रेखा
  • भ्रष्टाचारविरुद्ध सरकारको शून्य सहनशीलताको नीति–प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताएका छन् । उनले कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउनेप्रति वर्तमान सरकार प्रतिबद्ध छ । यसका लागि आयोगलाई अधिकार सम्पन्न बनाइने ।’ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूत गर्ने विषय वर्तमान सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्

    • प्रकाशित मितिः माघ २८, २०७९
    • ३० पटक पढिएको
    • नेपाल रेखा
  • व्यवस्थित बनाउन सहकारीलाई एकीकरणमा लानुपर्छ:मेयर कोइराला

    विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले सहकारीलाई बलियो बनाउन एकीकरण (मर्ज) मा जानुपर्नेमा जोड दिएका छन् । विराटनगर महानगरपालिकाको कृषि तथा सहकारी शाखाले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दैै मेयर कोइरालाले सहकारीहरुबीच एकीकरण गरेर सञ्चालन गर्नु जरुरी रहेको औंल्याए । विराटनगरमा सञ्चालित केहीबाहेक अधिकांश सहकारीको आर्थिक अवस्था कमजोर रहेको मेयर कोइरालाको भाइ थियो । “सकिन्छ भने मर्चमा गएर व्यवस्थित गरौं,” उनले भने, “यदि मर्चमा नजाने हो भने व्यवस्थित र पारदर्शी रुपमा चलाउनुप¥यो ।” त्यस्तै सहकारीको भावना र मर्म विपरीत सञ्चालन गरिँदा सहकारी क्षेत्रमा स

    • प्रकाशित मितिः माघ २६, २०७९
    • ३९ पटक पढिएको
    • नेपाल रेखा
  • वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन

    वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९–८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि पुससम्ममा एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् ७६ अर्ब ६३ करोड चार लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । उनका अनुसार सो भन्सार कार्यालयको चालु आवमा दुई खर्ब ६१ अर्ब ९९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ । हालसम्म वार्षिक लक्ष्यको ५१ प्रतिशत राजस्व सङ्कलन भएको सूचना अधिकृत ढकालले बताए । सो भन्सार कार्यालयले गत आव २०७८–७९ मा

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ३७ पटक पढिएको
    • नेपाल रेखा
  • बागमती प्रदेशमा छ महिनामा ११ अर्ब १९ करोड खर्च

    बागमती । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ ।बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौँडाका अनुसार चालु आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आवको छ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च गरेको छ । चालु आव २०७९–८० को साउनदेखि पुस मसान्तसम्ममा १५ दशमलव ७८ प्रतिशत कूल खर्च भएको बताइएको छ ।सो अवधिमा सरकारले १६ अर्ब १५ करोड विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको प्राप्त तथ्याङ्कले जनाएको छ । चालु आवको छ महिनामा उक्त राजस्व सङ्कलन सरकारको खर्चभन्दा बढी देखिएपनि गत

    • प्रकाशित मितिः माघ २१, २०७९
    • ३६ पटक पढिएको
    • नेपाल रेखा
  • मेयर कोइरालाको नेतृत्वमा क्यासिनोको आकस्मिक अनुगमन

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति आकस्मिक अनुगमन गरेको छ । उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन मैनाली, सचिवालयको टिमसहित पुगेको मेयर कोइराला नेतृत्वको टोलीले रत्ना होटल र विग होटलमा सञ्चालित क्यासिनोको अनुगमन गरेको हो । सो क्रममा टोलीले क्यासिनो सञ्चालनका लागि आवश्यक पर्ने कागजातसमेत हेरेको थियो । मेयर कोइरालाले क्यासिनामा आएका व्यक्तिहरुको परिचयपत्रसमेत हेर्नु भएको थियो । नेपालमा सञ्चालित क्यासिनामा नेपाली नागर

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ३५ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]