पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व

  • साउन ८, २०८२ / नेपाल रेखा
alt

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा आव २०८०÷८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात एक अर्ब ९४ करोडले घटेको छ ।
सो अवधिमा मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात घटेपनि सोबाट प्राप्त हुने राजस्व भने १० दशमलव २३ प्रतिशतअर्थात् सात अर्ब ५१ करोडले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले कार्यालयले गत आवभरिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट प्राप्त गरेको बताए । “यहाँको भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ”,उनले भने ।
गत आवभरिमा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ८० अर्ब ९२ करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी अघिल्लो आव २०८०÷८१ मा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब ४० करोड राजस्व सङ्कलन थियो ।
कार्यालयका अनुसार गत आवभरिमा ९९ अर्ब ९५ करोड मूल्य पर्ने ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा एक खर्ब पाँच अर्ब ८७ करोड मूल्यको १० लाख ५५ हजार १६० किलोलिटर डिजेलको आयात भएको थियो ।
कार्यालयले गत आवभरिमा डिजेल आयातबापत कार्यालयले ४५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ भने अघिल्लो आवको सोही अवधिमा भने ४२ अर्ब ३६ करोड राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै गत आवभरिमा ३८ अर्ब ७२ करोड मूल्य पर्ने चार लाख ५३ हजार ८६४ किलोलिटर पेटूोल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ३९ अर्ब दुई करोड मूल्य पर्ने तीन लाख ९४ हजार ७२३ किलोलिटर पेट्रोल आयात भएको थियो । कार्यालयले गत आवभरिमा पेट्रोल आयातबाट २५ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । जबकी अघिल्लो आवमा भने पेट्रोलबाट २२ अर्ब ६२ करोड राजस्व सङ्कलन भएको थियो ।
यो नाका हुँदै गत आवमा ३६ अर्ब ३७ करोड मूल्य पर्ने ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ३० अर्ब मूल्य पर्र्ने २७ करोड ९० लाख ४८ हजार ८७८ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । कार्यालयले गत आवमा एलपिजीबाट छ अर्ब ८१ करोड र अघिल्लो आवभरिमा भने पाँच अर्ब ६० करोड राजस्व सङ्कलन गरेको थियो ।
यो नाका हुँदै गत आवमा १६ अर्ब १४ करोड मूल्य पर्ने एक लाख ८० हजार ६६३ किलोलिटर एटिएफ आयात भएको छ । जबकी अघिल्लो आवमा भने १८ अर्ब २१ करोड मूल्य पर्ने एक लाख ७३ हजार ४८४ किलोलिटर एटिएफ आयात भएको छ । कार्यालयले गत आवमा एटिएफ आयातबाट दुई अर्ब ५३ करोड र अघिल्लो आवमा भने दुई अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो ।
यो नाका हुँदै गत आवमा ६९ करोड मूल्य पर्ने सात हजार ९३० किलोलिटर मट्टितेल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ७१ करोड मूल्य पर्ने छ हजार ८२० किलोलिटर मट्टितेल आयात भएको थियो ।
गत आवमा मट्टितेल आयातबाट २० करोड राजस्व प्राप्त भयो भने अघिल्लो आवमा भने १८ करोड राजस्व सङ्कलन भएको थियो ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]