अर्थ–वित्त

    Showing 1-10 of 273 items.
  • जब गभर्नरले पनि व्यवसाय गर्न गाह्रो भएको भन्छन्

    नेपाल राष्ट्र बैंकका गभर्नर विश्वप्रसाद पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा नेपालको व्यवसायिक वातावरण अझ सरल, सहज र उद्यममैत्री बन्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। वित्तीय प्रणालीको सर्वोच्च जिम्मेवारीमा रहेको व्यक्तिले स्वयम् व्यवसाय सञ्चालनका संरचनागत जटिलताबारे सार्वजनिक रूपमा चिन्ता व्यक्त गर्नु सामान्य टिप्पणी मात्र होइन। यो नेपालको प्रशासनिक संरचना, नियामक प्रणाली र नीतिगत कार्यान्वयनमा रहेका कमजोरीप्रतिको गम्भीर संकेत पनि हो। यदि नीति निर्माण र नियमनको केन्द्रमै रहेका व्यक्तिहरूले व्यवसाय गर्न कठिन भएको अनुभव गरिरहेका छन् भने सीमित पूँजी, सीमित पहुँच र सीमित क्षमताका साना तथा म

    • प्रकाशित मितिः असार १७, २०८३
    • 508 पटक पढिएको
    • नेपाल रेखा
  • आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

    भैरहवा । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आन्तरिक राजस्व सङ्कलनमा सुधार देखिएको छ । प्रदेश सरकारले गत जेठ २५ गतेसम्म पाँच अर्ब १४ करोड ४ लाख आन्तरिक राजस्व सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत बढी हो ।आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरणअनुसार सोही अवधिसम्म प्रदेश सञ्चित कोषमा २६ अर्ब ५७ करोड ७७ लाख दाखिला भएको छ । सङ्घीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षमा हालसम्म १७ अर्ब

    • प्रकाशित मितिः असार ४, २०८३
    • 331 पटक पढिएको
    • नेपाल रेखा
  • मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड ८६ लाख

    जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज भट्टराईले आइतबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवद्र्धन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर उक्त रकम विनियोजन गरेका हुन् । चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार विनियोजन गरिएको छ । खर्चका स्रोतमध्ये आन्तरिक राजस्वतर्फ ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँट १२ अर्ब ८३ करोड, विय समानीकरण नौ अर्ब ४९ करोड ५९ लाख र गत वर्षको नगद मौज्दात छ अर्ब आठ करोड ५२ लाख अनुमान गरिएको छ

    • प्रकाशित मितिः असार २, २०८३
    • 374 पटक पढिएको
    • नेपाल रेखा
  • अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

    तनहुँ । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकारमात्र रहेन, यो आयआर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ । वर्षौँदेखि घरघरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आयआर्जनको आधार बन्न थालेको हो । यसैबीच महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ । हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नै व्यवसाय सुरु गर्ने योजनासहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन् ।नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन । घरायसी परम्पराअनुसार पुस्तौँदेखि अचार बनाउने गरिए पनि तालिमपछि सीपलाई व्यावसायिक रूपम

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 146 पटक पढिएको
    • नेपाल रेखा
  • वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

    वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिनुभयो । गत आवको १० महिनामा यहाँबाट २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो । चालु आवमा १० अर्ब ९४ करोड मूल्य पर्ने धान, पाँच अर्ब ३१ करोड मूल्यको मकै आयात र दुई अर्ब ८५ करोडको चामल आयात भएको छ । यसैगरी ५९ करोड मूल्यको माल्ट र ३३ करोड मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भए

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 51 पटक पढिएको
    • नेपाल रेखा
  • तोलामा चार सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि तीन लाख ११ हजार ३०० निर्धारण भएको छ ।यस्तै, सोमबार प्रतितोला पाँच हजार ३५५ मा क्रयविक्रय भएको चाँदी आजका लागि पाँच हजार ४०५ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 174 पटक पढिएको
    • नेपाल रेखा
  • आज पनि घट्यो सुनचाँदीको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा पाँच हजार ५०० र चाँदी २१५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८६५ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५२० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 263 पटक पढिएको
    • नेपाल रेखा
  • तोलामा एक हजार तीन सयले घट्यो - सुनको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० ले घटेको छ ।सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।यस्तै, चाँदीको मूल्य तोलामा ९० ले घटेको छ । सोमबार प्रतितोला पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 155 पटक पढिएको
    • नेपाल रेखा
  • तरलता व्यवस्थापनका लागि एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज एक खर्ब बराबरको रकम उठाउन लागेको छ । केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको छ । आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकम बोलकबोल हुनेछ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी भने आगामी साउन ६ गते हुनेछ । घटीमा १० करोड र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ ।

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 181 पटक पढिएको
    • नेपाल रेखा
  • दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

    झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ । ८३ को १० महिनामा तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो ।कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।कार्यालयका तथ्याङ्कअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 253 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]