झापामा आर्थिक गणना सम्पन्न- रोजगारको संख्या १ लाख ८९ हजार

  • साउन ३, २०८३ / नेपाल रेखा
alt

झापा । झापामा आर्थिक गणना सकिएको छ ।
असार मसान्तसम्ममा ६०६५४ वटा आर्थिक प्रतिष्ठान (व्यवसाय, उद्योग, संघ–संस्था आदि)–को गणना भएको छ ।
झापा जिल्लाभरि ६०६५४ प्रतिष्ठान गणना हुँदा भद्रपुर आर्थिक गणना कार्यालयबाट ३३१०३ र दमक आर्थिक गणना कार्यालयबाट २७४४४ प्रतिष्ठानको विवरण सङ्कलन गरिएको थियो । यसबाहेक झापामा अनलाइनमार्फत १०७ प्रतिष्ठानले विवरण भरेका थिए ।
यी प्रतिष्ठानमा १ लाख ८९ हजार ७ जना व्यक्ति तलबी तथा स्वरोजगारमा रहेको पाइएको जिल्ला आर्थिक गणना कार्यालय भद्रपुरका निर्देशक एवम् आर्थिक गणना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए ।
विवरण अनुसार झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा सबैभन्दा बढी आर्थिक प्रतिष्ठान रहेका छन् भने सबैभन्दा कम झापा गाउँपालिकामा रहेका छन् ।
जिल्लाको आर्थिक गणनाको विवरणअनुसार बिर्तामोड नगरपालिकामा ११६७५, मेचीनगर नगरपालिकामा १०१३६, दमक नगरपालिकामा ८१७४, भद्रपुर नगरपालिकामा ४१८४, अर्जुनधारा नगरपालिकामा ३७८४, बुद्धशान्ति गाउँपालिकामा ३६३३, कनकाई नगरपालिकामा ३५६४, शिवसताक्षी नगरपालिकामा ३४५४,
गौरादह नगरपालिकामा २५५९, कचनकवल गाउँपालिकामा १९३७, कमल गाउँपालिकामा १९३७, हल्दिबारी गाउँपालिका १५३८, बाह्रदशी गाउँपालिकामा १५६६, गौरीगञ्ज गाउँपालिकामा १३६२ र झापा गाउँपालिकामा १०४४ वटा प्रतिष्ठान छन् ।
आर्थिक क्रियाकलापका १७ वटा क्षेत्रभित्र पर्ने सानादेखि ठूला आर्थिक एकाइहरू गणनामा समावेश गरिएका थिए । दोस्रो राष्ट्रिय आर्थिक गणनाको स्थलगत गणना कार्य बैशाख २ गतेबाट सुरु भई असार मसान्तमा सम्पन्न भएको हो ।

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]