कृषि

    Showing ११-२० of ११३ items.
  • ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

    इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ । दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिनुहुन्छ । दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उहाँ बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिनुहुन्छ । उहाँले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गर्नुभएको छ । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आउनुभएको छ ।चुलाचुलीमा नै पहिलोपटक

    • प्रकाशित मितिः पुष ४, २०८०
    • ६० पटक पढिएको
    • नेपाल रेखा
  • कोदो र फापर फलाउने किसानलाई अनुदान

    मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर–३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गर्नुभयो । भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा २० लाख कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्य

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • ५३ पटक पढिएको
    • नेपाल रेखा
  • उखुको मूल्य निर्धारणप्रति किसान असहमत

    सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाएका हुन् । सरकारले गत वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल २५ बढाएको छ । हाल उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ६५ निर्धारण गरिएको छ । चालु यामका लागि उखुको मूल्य प्र

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • २४ पटक पढिएको
    • नेपाल रेखा
  • बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान

    गोरखा । बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा शर्मिला कुमालले जानकारी दिनुभयो ।कार्यालयले प्रतिरोपनी तीन हजारका दरले किसानलाई अनुदान उपलब्ध गराउने छ । “बाँझो जग्गामा घाँसखेती प्रवरद्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १८ लाख बजेट विनियोजन गरिएको छ, कार्यक्रममार्फत अनुदान लिन चाहनेका लागि आवेदन आह्वान गरिसकिएको

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • ३४ पटक पढिएको
    • नेपाल रेखा
  • गाउँको पाखोबारीमा चियाखेती

    बागलुङ । बसाइँसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् । छ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भएका छन् । परीक्षणका रुपमा लगाइएको खेती सफल भएपछि अहिले रेशको बौर र तिङरिङ क्षेत्रको ७२ रोपनीमा चियाखेती विस्तार गरिएको छ । पहिले वनमाराले ढोकेका पाखाबारी चिया बगानमा परिणत भएपछि अवलोकन भ्रमणका लागि आउनेको सङ्ख्या बढ्न थालेको छ । झाडीले उराठिलो वनेको पाखोबारी चियाखेतीले ढाकिपछि किसान निकै हर्षित भएका छन् । अहिले

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • ४१ पटक पढिएको
    • नेपाल रेखा
  • बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा

    तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ । बाख्राको दूधबाट बनाइएको चीज आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेकाले यसको माग बढ्दै गएको हो । बाख्राको दूधमा ल्याक्टोजन नहुने र रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि अति उत्तम मानिन्छ । दूध र चीजका लागि पछिल्लो समय कृषकबाट सानन जातका बाख्राको माग अत्यधिक भइरहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो । बाख्राको दूधबाट बनेको चीज बाहिर सहरमा प्रति

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ८ पटक पढिएको
    • नेपाल रेखा
  • सहिद परिवारको धान काट्न पुग्यो माओवादीको अभियान टोली

    इटहरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग आबद्ध नेता, कार्यकर्ताले सहिद परिवारको खेतमा गएर धान काटेका छन् । शनिबार सो पार्टीकी केन्द्रीय सदस्य उमिता विश्वकर्मा (रिमा) को नेतृत्वमा मोरङको केराबारी–९ मा सहिद परिवार शर्मिला सुवेदीको खेतमा गएर धान काटेका हुन् । ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ दिएर जनसम्बन्धलाई सुदृढ बनाउने लक्ष्यका सामूहिक श्रममा सहभागि भएको लेटाङ केराबारी अभियान इन्चार्जसमेत रहेकी केन्द्रीय सदस्य रिमाले बताइन् । सो अभियान थालनीको दिन पनि केराबारीमा श्रमदान गरिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • ३८६ पटक पढिएको
    • नेपाल रेखा
  • जिवीका कृषि कलेजमा गाई पालन

    इटहरी । कृषि उत्पादन, कृषि शिक्षा र कृषि पर्यटनमा जोड दिदै सुनसरीको रामधुनीमा सञ्चालित जिवीका कृषि सहकारी संस्थाले कृषिसंग सम्वन्धीत बहुआयमिक गतिविधिहरु गर्दै आएको छ । कृषि विज्ञहरु उत्पादनका लागि प्रयोगात्मक अध्ययन र कृषि पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य सहित सञ्चालित जिवीका कृषि सहकारी संस्थाले कृषि कलेज समेत सञ्चालनमा ल्याएको छ । कृषि उत्पादन बढाउने साथै रोजगारी सिर्जना गर्ने र कृषि पर्यटकहरु भित्रयाउने उद्देश्यले २०७१ सालमा स्थापित जिवीका कृषि सहकारी संस्था लिमिटेडले सुनसरीको रामधुनी नगरपालिका–६ मा वहुआयामिक कृषि फार्म, जिवीका कृषि विज्ञान कलेज सञ्चालनमा ल्याएको हो । कृषि फार्म, कृष

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • ५७ पटक पढिएको
    • नेपाल रेखा
  • वर्षा र हावाहुरीले केराखेतीमा क्षति

    टीकापुर । यो समय केरा किसानले उत्पादन बजारमा पठाउने हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ । हावाहुरीले केराखेतीमा लाखौँ रुपैयाँको क्षति पुर्याएको किसानको भनाइ छ । गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा धानबाली र केराखेतीमा क्षति भएको छ । पाँच बिघा क्षेत्रफलमा केराखेती गर्नुभएका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्य

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • ३८ पटक पढिएको
    • नेपाल रेखा
  • गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

    रामपुर । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हँुदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा । “जवानी उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्”, उहाँले भन्नुभयो । उहाँले आफूले जान्ने बुझ्ने उमेर भएदेखि नै कोदो खेती गरे तापनि अहिले आएर सबैले खेती गर्न छाड्दै जाँ

    • प्रकाशित मितिः आश्विन २७, २०८०
    • ६४ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]