राजनीति

    Showing 81-90 of 225 items.
  • माओवादीको अभियानप्रति मुडीयारी समुदाय आकर्षित

    इटहरी।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ‘घर घरमा माओवादी जन जनमा माओवादी’ नाराका साथ संचालन गरिरहेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ले मोरङको कटहरीबासी मुडीयारी समुदायलाई आकर्षित गरेको छ । माओवादी फेरि आधारभूत वर्गमा फर्किएपछि यो समुदायको पार्टीप्रति आकर्षण बढेको हो । अभियानकै सिलसिलामा शनिबार कटहरी ५ को जंगल टोल, राजवंशी टोल र भङसी टोलमा कमिटि गठन गरिएको छ । जंगल टोलमा भएको भेलामा मुडीयारी समुदायका दर्जनौ युवा, युवतीहरु नेकपा माओवादी केन्द्रमा संगठित भएका छन् ।जंगल टोलका बैरा मुडीयारी (परमेश्वर)को अगुवाईमा ईश्वर मुडीयारी, शम्भु राजवंशी (मण्डल), राजु

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 188 पटक पढिएको
    • नेपाल रेखा
  • ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको अग्र–मोर्चामा दलित नेत्रीहरू

    राजन केडी इटहरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नाम दिई भुइँ–तहमा सञ्चालन गरिरहेका गतिविधिले परिवर्तन पक्षधर जनता र कार्यकर्तामा विशेष उभार आएको छ ।भदौ १६ देखि थालिएको सो तीन महिने अभियान मध्यान्तरमा पुग्दैगर्दा आफूमा उर्जा थपिएको बताउँछिन् नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य धनमाया विश्वकर्मा (उर्मिला) ।धनकुटा घर भएकी विश्वकर्मा यतिबेला उदयपुर जिल्लामा अभियान इन्चार्जको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । २०७९ मा भएको स्थानीय तह, प्रदेश र सङ्घको चुनावमा उनी धनकुटा जिल्लाको चुनावी इन्चार्जको भूमिकामा थिइन् ।उदयपुर

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • 727 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको बताइएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 138 पटक पढिएको
    • नेपाल रेखा
  • उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

    बेइजिङ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गर्नुभयो ।उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आउनुभएको हो । आज उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • 144 पटक पढिएको
    • नेपाल रेखा
  • देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ-डा बाबुराम भट्टराई

    चितवन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । पारिवारिक भेटघाटका क्रममा चितवन आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताउनुभयो ।“देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ”, अध्यक्ष भट्टराईले भन्नुभयो, “दलका नेताले आफ्नो दल, गुट र सत्तालाई केन्द्रमा राखेर विधि र पद्दतिलाई मिच्ने काम भएको छ ।” यसले लोकतन्त्रको हित नहुने उहाँको भनाइ थियो । हामीले अपनाएको शासकीय प्रणाली

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 151 पटक पढिएको
    • नेपाल रेखा
  • नेकपा (एकीकृत समाजवादी) का नेता खनाल चीन प्रस्थान

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ ।चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उहाँ गए राति चीन प्रस्थान गर्नुभएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो ।खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरूसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम

    • प्रकाशित मितिः असोज २९, २०८०
    • 124 पटक पढिएको
    • नेपाल रेखा
  • शुक्रबार इनरुवामा समाजवादी मोर्चाको सन्देश सभा

    इटहरी । चार दल सम्मलित समाजवादी मोर्चाले सुनसरी जिल्ला स्तरीय सन्देश सभा गर्ने भएको छ ।विहीबार नेकपा (माओवादी केन्द्र) सुनसरीको जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै मोर्चा सम्मलित दलका नेताहरूले असोज २६ गते शुक्रबार सन्देश सभा गर्न लागिएको जानकारी गराएका छन् । सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा बताइयो । सभा इनरुवा स्थित निर्माण व्यवसायी संघको सभा हलमा ११ बजेदेखि हुनेछ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी सम्मलित मोर्चामा चार पार्टीका जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाजवादी सिद्वान्त,

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 228 पटक पढिएको
    • नेपाल रेखा
  • द्विपक्षीय वार्ता सुरु

    बेइजिङ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो ।यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो । उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ ।सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौता

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 140 पटक पढिएको
    • नेपाल रेखा
  • यो गठबन्धन निरन्तर पाँच वर्ष चल्नुपर्छ – ज्ञानेन्द्र कार्की

    काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धन निरन्तररुपमा पाँच वर्ष चल्नुपर्ने बताएका छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता कार्कीले यो गठबन्धन अहिले मुलुकको आवश्यकता भएको बताए ।‘केन्द्र र प्रदेशको सरकारबारे पनि कुरा छ । बजार र छापाहरुमा गठबन्धनको सरकारबारे धेरै समाचार आइरहेका छन् । यो गठबन्धन अहिले मुलुकको आवश्यकता हो । यो गठबन्धन निरन्तररुपमा पाँच वर्ष चल्नुपर्दछ,’ उनले भने ।यो गठबन्धन पाँच वर्ष निरन्तर चलेन भने देशमा एक किसिमको अन्यौलता आउने उनको भनाइ छ । ‘हाम्रो समाजमा जुन निराशा रहेको

    • प्रकाशित मितिः असोज ७, २०८०
    • 157 पटक पढिएको
    • नेपाल रेखा
  • ग्रामथान र कटहरीमा सहिद परिवारसंगको सम्बन्धलाई मजबुद बनाउदै माओवादी

    इटहरी । नेकपा (माओवादी केन्द्र) मोरङ अन्तर्गत ग्रामथान र कटहरी गाउँपालिकाको संयुक्त पदाधिकारी बैठक मंगलबार बसेको छ । पार्टी केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सपना परियार र प्रदेश पार्टी अध्यक्ष हर्कबहादुर नेम्बाङ्ग (मिक्सो)को उपस्थितिमा झोराहाटमा बैठक बसेको हो । बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । अभियानको उद्घाटन गत शनिबार वडा वडामा विविध कार्यक्रमसहित गरिएको थियो । अभियानपछिको यो पहिलो बैठक हो । अभियानकै शिलशिलामा सहिद परिवार, वेपत्ता परिवारसंग पार्टीका केन्द्रीय नेताहरुले भेटघाट गर्ने, सेल कमिटि निर्माण गर्ने, जनवर्गीय संगठन तथा मोर्चाहरुको वड

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • 317 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]