मेयर कोइरालाद्वारा यूसीएलजीको कंग्रेसलाई सम्बोधन

  • मंसिर १, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चीनको यिउ सहरमा भएको युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (यूसीएलजी)को कंग्रेस (महाधिवेशन)लाई नेपालका तर्फबाट सम्बोधन गर्नुभएको छ ।
चीन भ्रमणमा रहनु भएका मेयर कोइरालाले यूसीएलजीको नवौं कंग्रेसलाई सम्बोधन गर्नुभएको हो । सो क्रममा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा केन्द्रित रहेर विचार राख्नुभएको थियोे । उहाँले नेपालको संविधानअनुसार स्थापित स्थानीय, प्रदेश र संघीय सरकारको आ–आफ्नै विशेषता र क्षेत्राधिकार रहेको बताउनुभयो ।
स्थानीय सरकारसित जनताको सिधै पहुँच हुने भएकाले स्थानीय सरकारसित जनताको धेरै आशा हुने उहाँको भनाइ थियो । यस्तै उहाँले यूसीएलजीको प्रभावकारिता अझै बढाउँदै लानुपर्नेमा जोड दिनुभयो । युसीएलजीको कंग्रेसमा सहभागी हुन मेयर कोइराला कात्तिक २५ गते चीन प्रस्थान गर्नुभएको थियो ।
यसअघि मेयर कोइराला तीन साता लामो अमेरिका भ्रमण गर्नुभएको थियो । अमेरिकामा रहँदा न्यूयोर्कका मेयर, सिनेटरसहित विभिन्न सहरका मेयरसित भेटघाट गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाउनुभएको थियो ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]