राजनीति

    Showing ११-२० of १६० items.
  • धरानमा नेपाली विशेषताको समाजवादबारे अन्तरक्रिया

    धरान । नेपाल कम्युनिष्ट पार्टी संयुक्त जिल्ला समिति सुनसरीले वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । धरानको ड्रिमल्याण्ड होटेलको सेमिनार हलमा आयोजना गरिएको कार्यक्रममा आधार नोट सो पार्टीका सुनसरी जिल्ला इन्चार्ज डिबी सीले प्रस्तुत गरेका थिए । आधार नोटमा उनले उत्पीडित जाति, लिंग, वर्ग, समुदाय क्षेत्रलाई यो दलाल पुँजीवादी संसदीय व्यवस्थाले अधिकार दिन नसक्ने दाबी गरेका छन् । उनले दलाल संसदीय व्यवस्थाविरुद्ध लड्दै नेपाली विशेषताको समाजवादका निम्ति जुट्न अपिल समेत गरेका छन् ।कार्यक्रममा प्रमुख वक्ता चिरन सी थिए&nbs

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ११९ पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ । बैठक सकिएपछि आज पत्रकारसँग कुराकानी गर्दै जनता समावादी पार्टी (जसपा) का नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रदेशलाई अधिकार दिन अध्यादेशबाटै भए पनि कानुन कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो ।“सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताकोविरुद्ध विविध शक्ति लागेका छन् । सङ्घीयतालाई कार्यान्वयन गर्न सरकार अग्रसर भएर लाग्नुपर्छ । प्रदेशलाई अधिकार नदिँदा जनतालाई प्रदेश सरकार बोझ हो कि भन्ने परेको छ”, श्रेष्ठले भन्नुभय

    • प्रकाशित मितिः पुष ११, २०८०
    • ४५ पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका सुशासन प्रवद्र्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयासबारे जानकारी दिन प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लाग्नुभएको हो ।

    • प्रकाशित मितिः पुष १०, २०८०
    • ४२ पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्री दाहाल र शीर्ष नेताबीच छलफल

    काठमाडौँ । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । सोमबार पुनः बैठक बस्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।बेपत्ता पारिएका व्

    • प्रकाशित मितिः पुष ८, २०८०
    • ४० पटक पढिएको
    • नेपाल रेखा
  • मेयर कोइरालाद्वारा यूसीएलजीको कंग्रेसलाई सम्बोधन

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चीनको यिउ सहरमा भएको युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (यूसीएलजी)को कंग्रेस (महाधिवेशन)लाई नेपालका तर्फबाट सम्बोधन गर्नुभएको छ । चीन भ्रमणमा रहनु भएका मेयर कोइरालाले यूसीएलजीको नवौं कंग्रेसलाई सम्बोधन गर्नुभएको हो । सो क्रममा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा केन्द्रित रहेर विचार राख्नुभएको थियोे । उहाँले नेपालको संविधानअनुसार स्थापित स्थानीय, प्रदेश र संघीय सरकारको आ–आफ्नै विशेषता र क्षेत्राधिकार रहेको बताउनुभयो । स्थानीय सरकारसित जनताको सिधै पहुँच हुने भएकाले स्थानीय

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • ४३ पटक पढिएको
    • नेपाल रेखा
  • माओवादीको अभियानप्रति मुडीयारी समुदाय आकर्षित

    इटहरी।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ‘घर घरमा माओवादी जन जनमा माओवादी’ नाराका साथ संचालन गरिरहेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ले मोरङको कटहरीबासी मुडीयारी समुदायलाई आकर्षित गरेको छ । माओवादी फेरि आधारभूत वर्गमा फर्किएपछि यो समुदायको पार्टीप्रति आकर्षण बढेको हो । अभियानकै सिलसिलामा शनिबार कटहरी ५ को जंगल टोल, राजवंशी टोल र भङसी टोलमा कमिटि गठन गरिएको छ । जंगल टोलमा भएको भेलामा मुडीयारी समुदायका दर्जनौ युवा, युवतीहरु नेकपा माओवादी केन्द्रमा संगठित भएका छन् ।जंगल टोलका बैरा मुडीयारी (परमेश्वर)को अगुवाईमा ईश्वर मुडीयारी, शम्भु राजवंशी (मण्डल), राजु

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ७८ पटक पढिएको
    • नेपाल रेखा
  • ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको अग्र–मोर्चामा दलित नेत्रीहरू

    राजन केडी इटहरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नाम दिई भुइँ–तहमा सञ्चालन गरिरहेका गतिविधिले परिवर्तन पक्षधर जनता र कार्यकर्तामा विशेष उभार आएको छ ।भदौ १६ देखि थालिएको सो तीन महिने अभियान मध्यान्तरमा पुग्दैगर्दा आफूमा उर्जा थपिएको बताउँछिन् नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य धनमाया विश्वकर्मा (उर्मिला) ।धनकुटा घर भएकी विश्वकर्मा यतिबेला उदयपुर जिल्लामा अभियान इन्चार्जको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । २०७९ मा भएको स्थानीय तह, प्रदेश र सङ्घको चुनावमा उनी धनकुटा जिल्लाको चुनावी इन्चार्जको भूमिकामा थिइन् ।उदयपुर

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • ५४३ पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको बताइएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • ३७ पटक पढिएको
    • नेपाल रेखा
  • उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

    बेइजिङ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गर्नुभयो ।उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आउनुभएको हो । आज उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल

    • प्रकाशित मितिः आश्विन ३०, २०८०
    • ४१ पटक पढिएको
    • नेपाल रेखा
  • देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ-डा बाबुराम भट्टराई

    चितवन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । पारिवारिक भेटघाटका क्रममा चितवन आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताउनुभयो ।“देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ”, अध्यक्ष भट्टराईले भन्नुभयो, “दलका नेताले आफ्नो दल, गुट र सत्तालाई केन्द्रमा राखेर विधि र पद्दतिलाई मिच्ने काम भएको छ ।” यसले लोकतन्त्रको हित नहुने उहाँको भनाइ थियो । हामीले अपनाएको शासकीय प्रणाली

    • प्रकाशित मितिः आश्विन २९, २०८०
    • ४१ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]