चुनावी तयारीसँगै नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

  • कार्तिक २३, २०८२ / नेपाल रेखा
alt

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन सुदृढीकरण र जनपरिचालनलाई प्राथमिकता दिने निर्णय गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले तीन बुँदे निर्णय गर्दै देशभर एकीकृत अभियान सञ्चालन गर्ने निष्कर्ष निकालेको हो ।
प्रवक्ता अग्नीप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, पार्टीले सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय गरेको छ । सो अभियानमार्फत पार्टीभित्रको एकता सुदृढ पार्दै जनस्तरमा साझा राजनीतिक धारणा निर्माण गर्ने लक्ष्य राखिएको छ ।
दोस्रो निर्णयमा, आगामी निर्वाचनलाई केन्द्रमा राखी पार्टीले अघि सारेका तयारी कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा अभियानका रूपमा विस्तार गर्ने उल्लेख छ ।
तेस्रो बुँदामा भने पार्टीका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संरचनाबीच समन्वय र साझा जनपरिचालन कार्यक्रम सञ्चालन गर्न निर्देशन गरिएको छ ।
पार्टीले विज्ञप्तिमा देशभरका जनसंगठनबीच एकता र सहकार्य विस्तारका माध्यमबाट आगामी राजनीतिक तथा निर्वाचन चुनौतीका लागि तयारी तीव्र पारिने बताएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]