नुवाकोटको किस्पाङ गाउँपालिका-१ भाल्चेस्थित भेडा अनुवांशिक स्रोत केन्द्र, पानसयखोलामा चर्दै गरेका भेडाका बथान । भेडाका साथै सुन्दर हरियाली चौर र गाउँ बस्तीको दृष्यावलोकनका लागि यहाँ नियमित रुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् । नेपाल सरकारको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय मातहतको सो केन्द्र समुद्री सतहतबाट करिब दुई हजार मिटर उचाइमा छ भने यहाँ पुग्न काठमाडौँबाट १०१ किमीको दूरी रहेको छ । तस्बिर- प्रकाश सिलवाल -रासस