पाथीभरा (मुकुम्लुङ) मा एकै वर्षमा साढे ४ करोड बढी भेटी संकलन, साढे २ लाख बढीद्वारा दर्शन

  • साउन ३, २०८३ / नेपाल रेखा
alt

माला पालुङ्वा
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा आर्थिक वर्ष २०८२–०८३ मा ४ करोड ८२ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त आर्थिक वर्षमा कुल ४ करोड ८२ लाख ३ हजार ५५ रुपैयाँ भेटी संकलन भएको हो । यस्तै, सोही अवधिमा २ लाख ५२ हजार ८ सय जना भक्तजनले पाथीभराको दर्शन गरेका छन ्।
पाथीभरा मन्दिरमा सबै भन्दा बढी वैशाख महिनामा एक करोड ६ लाख २८ हजार भेटी संकलन भएको छ भने सबै भन्दा कम भदौ महिनामा नौ लाख ९७ हजार रुपैंया भेटी संकलन भएको छ पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी अधिकृत प्रजिन हाङबाङले जानकारी दिए । आर्थिक वर्षको सुरु महिना साउनमा १० लाख ३९ हजार, असोज महिनामा ३३ लाख ८२ हजार, कार्तिकमा ३४ लाख ४८ हजार पाँच सय, मङ्सिर महिनामा ७५ लाख ४९ हजार एक सय संकलन भएको क्षेत्र विकास समितिले जनाएको छ ।
साथै पुष महिनामा २४ लाख २५ हजार संकलन हुँदा माघमा १८ लाख ४७ हजार पाँच सय, फागुन महिनामा ३१ लाख १० हजार संकलन भएको छ भने चैतमा ५८ लाख ४४ हजार पाँच सय, जेठ महिनामा ४६ लाख ६० हजार ६ सय ५५ रुपैंया संकलन हुँदा असार महिनामा ३२ लाख ७२ हजार ८५५ रुपैंया संकलन भएको क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले प्रहरीको रोहबरमा संकलन गरी सदरमुकामको कार्यालयमा गणना गरिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश हाङबाङ बताउछन् । सङ्कलित भेटी नेपाल बैङ्कको विभिन्न १० वटा खातामा जम्मा गरिएको क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा÷मुकुम्लुङ दर्शनका लागि नेपाल सहित विभिन्न देशबाट दर्शन तथा भ्रमणका लागि आउने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । संकलन भएको भेटीले पाथीभरा क्षेत्रको पाटीपौवा, बाटोघाटो, खानेपानी, सहित भौतिक संरचना निर्माण हुँदै आएको छ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]