निःशुल्क आँखा शिविरबाट २ सयभन्दा बढी लाभान्वित, १७ जनाको मोतीया–बिन्दुको निःशुल्क उपचार हुने

  • जेठ ४, २०८३ / नेपाल रेखा
alt

इटहरी । मोरङको हसन्दहस्थित सहिद रामलक्ष्मण आधारभूत विद्यालय परिसरमा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट २ सयभन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन् । सामाजिक सेवामार्फत जनस्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले आयोजित उक्त शिविर चन्द्रलक्ष्मी प्रतिष्ठान पथरी–शनिश्चरेको आयोजनामा सम्पन्न भएको हो ।
नेपाल नेत्र ज्योति सङ्घ, विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा भोजपुर समाज सेवा सुनसरीको सहकार्यमा आइतबार सञ्चालन गरिएको शिविरमा २१३ जना सेवाग्राहीलाई निःशुल्क आँखा परीक्षण, चस्मा, औषधि तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
शिविरका क्रममा १७ जना बिरामीमा मोतीया–बिन्दुको समस्या पहिचान भएको र उनीहरूलाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवाको व्यवस्था गरिएको जानकारी दिइएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउँदै आँखाको स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कार्यक्रमका अध्यक्ष शालिग्राम पाण्डेले समाजसेवा र स्वास्थ्य सेवा एकअर्काका परिपूरक विषय भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा पथरी–शनिश्चरे नगरपालिका वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का प्रमुख आमन्त्रितका रूपमा उपस्थित थिए भने साहित्यकार दिनेश पौडेल र रेडक्रसकर्मी भोलानाथ घिमिरे विशिष्ट आमन्त्रितका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमको सञ्चालन कृष्ण थापाले गरेका थिए भने स्वागत मन्तव्य सरोज कार्कीले राखेका थिए । शिविर संयोजन मनिषकुमार खवासले गरेका थिए ।
शिविरमा नेत्र सहायक शैलेन्द्रकुमार महतो र आनन्दकुमार यादव, दृष्टि विशेषज्ञ श्रवणकुमार माझी तथा आँखा स्वास्थ्य कार्यकर्ता सूर्यनारायण उराव, सरिता शर्मा, अन्जना गुरुङ र मनोजकुमार महतोले सक्रिय रूपमा सेवा प्रदान गरेका थिए ।
स्थानीयवासीले यस्ता स्वास्थ्य शिविरले आर्थिक रूपमा कमजोर तथा ग्रामीण भेगका नागरिकलाई ठूलो राहत पुगेको बताएका छन् । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा शिविरलाई स्थानीय समुदायले सकारात्मक रूपमा लिएको छ ।

दलित समुदाय – सङ्घर् ...

निरंजनकुमार साहधनुषा । मिथिलाको ऐतिहासिक र सांस्कृतिक क ...

तोलामा एक हजार तीन स ...

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलाम ...

महिला साफ च्याम्पियन ...

काठमाडौँ । भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा ...

साइकलमा दूध ढुवानी ...

सुनसरीको इनरुवा नगरपालिका-४ मा  साइकलमा दूध बाेकेर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]