शिक्षकलाई मगर खाम भाषाको तालिम

  • जेठ ३, २०८३ / नेपाल रेखा
alt

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषासम्बन्धी तालिम प्रदान गरिएको छ ।
मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ विद्यालयमा यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खाम भाषामा पठनपाठन गराउन दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले सञ्चालन भएको तालिम शनिबार सकिएको हो ।
बेनीमा सात दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषाविज्ञ कर्णबहादुर बुढामगरले प्रशिक्षण दिनुभएको थियो । रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनले बताउनुभयो । सयौँ वर्षदेखि हराएर जाने अवस्थामा पुगेको मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणका लागि विद्यालयका शिक्षकलाई प्रशिक्षकका रूपमा तयार गर्न तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योगकुमार फगामीले मगर भाषाको महत्वलाई उजागर गरी नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिमलाई प्रभावकारी बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । नेपाल एकीकरणको समयदेखि तत्कालीन रिडीखोला÷कालीगण्डकी नदीदेखि पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरूको अस्तित्व मेटिएसँगै मगर खाम भाषा र लिपिको समेत इतिहास मेटिदै गएको नेपाल मगर सङ्घका अध्यक्ष खम थापामगरले बताउनुभयो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]