नमूना कलेजद्वारा १२ पास विद्यार्थीलाई बिदाई भेट

  • वैशाख ३१, २०८३ / नेपाल रेखा
alt

इटहरी । इटहरी संचालित नमूना कलेजले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि भव्य बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा हालै परीक्षा दिएका ४ सयभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको सफल यात्राका लागि शुभकामना दिँदै सम्मानपूर्वक बिदाइ गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै माहोललाई उत्साहपूर्ण बनाएका थिए । खुसी र उत्साहसँगै साथीभाइ तथा शिक्षकसँगको बिछोडका भावनात्मक क्षणहरूले कार्यक्रमलाई थप स्मरणीय बनाएको थियो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष केशव खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलेज प्रमुख धर्म न्यौपाने, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सकारात्मक सोचका साथ भविष्य निर्माणमा केन्द्रित हुन आग्रह गरे । उनले विद्यार्थी जीवन केवल शैक्षिक उपलब्धिमा सीमित नभई समाजप्रति जिम्मेवार, नैतिक र सक्षम नागरिक बन्ने महत्वपूर्ण चरण भएको उल्लेख गरे ।
उनले आजका युवाहरू नै देशको भविष्य भएकाले ज्ञान, सीप र क्षमताको विकास गर्दै समाज परिवर्तनमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
विद्यार्थीबीच आपसी सम्बन्ध, सम्झना र सम्मान साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा साइन्स, कानुन, मेनेजमेन्ट, होटल मेनेजमेन्ट तथा कम्प्युटर साइन्स संकायका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना सहित मायाको चिनो प्रदान गर्दै उच्च शिक्षाको सफल यात्राका लागि बिदाइ गरिएको कार्यक्रम संयोजक नितेश गौतमले जानकारी दिए ।

NAMUNA COLLAGE

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]