सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • चैत १८, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा सात हजार ४०० र चाँदी १०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८४५ कायम भएको थियो । सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ७०० मा कारोबार भएको थियो ।
गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]