श्री सहयोगी बचत तथा ऋण सहकारीको १८ औँ वार्षिक साधारणसभा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालन, २४ लाखभन्दा बढी नाफा, संजयकुमार चौधरी पुनः अध्यक्ष

  • पुस २२, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको ग्रामीण क्षेत्र गढी गाउँपालिका–१ मा क्रियाशील श्री सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका सभापति संजयकुमार चौधरीले आर्थिक वर्षको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्था सुदृढ बन्दै गएको जानकारी गराए ।
सभापति चौधरीका अनुसार संस्थाले २०८२ असोजदेखि आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालनमा ल्याइसकेको छ । भवन निर्माणका लागि २०८२ असारसम्म सहयोगी दाताबाट १ लाख ८८ हजार ९ सय रुपैयाँ र भवन निर्माण कोषमा १० लाख ४५ हजार ७ सय रुपैयाँ गरी जम्मा १२ लाख ३४ हजार ६ सय २५ रुपैयाँ संकलन गरिएको छ । सो अवधिसम्म भवन निर्माणमा २३ लाख १ हजार ८ सय ५८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।
संस्थाको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै सभापति चौधरीले २०६४ सालमा २८ जना शेयर सदस्य र १ हजार ५ सय रुपैयाँ शेयर पूँजीबाट सुरु भएको संस्थामा हाल १ हजार ६ सय ३९ जना शेयर सदस्य आबद्ध भएको जानकारी दिए । हाल संस्थाले ३६ लाख ३६ हजार ५ सय रुपैयाँ शेयर रकम संकलन गर्न सफल भएको छ ।
आर्थिक प्रतिवेदन अनुसार संस्थाको कुल आय ६७ लाख ३८ हजार ८ सय ३ रुपैयाँ रहेको छ भने व्यय ४२ लाख ७६ हजार ९ सय १६ रुपैयाँ भएको छ । यस अवधिमा संस्थाले २४ लाख ६१ हजार ८ सय ८७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाले हाल रेमिटान्स सेवा, बचत तथा कर्जा सेवा, मोबाइल बैंकिङ, तथा वित्तीय साक्षरता कार्यक्रमजस्ता सेवाहरू सञ्चालन गर्दै आएको छ । साथै सामाजिक सुरक्षालाई ध्यानमा राख्दै सुत्केरी भत्ताको व्यवस्था २ हजार रुपैयाँ पुर्याइएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका ज्येष्ठ सदस्य दिवाकरप्रसाद चौधरीले सहकारीले ग्रामीण अर्थतन्त्र सशक्त बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै पारदर्शिता र सदस्य सहभागिता अझ बढाउन सुझाव दिए ।
कार्यक्रमको सञ्चालन श्रवणकुमार चौधरीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष संगिताकुमारी चौधरीले राखिन् । शुभकामना मन्तव्य संस्थापक अध्यक्ष अरुण कुमार चौधरीले व्यक्त गरेका थिए ।
अध्यक्ष चौधरीले सहकारीले आगामी दिनमा सेवा विस्तारसँगै सदस्यको आर्थिक उन्नतिमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच, मंगलबार भएको चुनावी साधारणसभाले संजयकुमार चौधरीलाई पुनः चार बर्षे कार्यकालको लागि अध्यक्षमा चुनेको छ । उनी सर्वसहमत श्री सहयोगी बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति अध्यक्ष भएका हुन् ।
उपाध्यक्षमा संगिताकुमारी चौधरी पनि सर्वसहमत भइन् । संचालक समिति सदस्यहरुमा मदनकुमार चौधरी, भगवती थरुनी, दुलारी थरुनी, सरगम कुमार चौधरी, कल्पना चौधरी, एलन कुमारी चौधरी र संगिता कुमारी चौधरी (शेयर सदस्य नं. ८७७) रहेका छन् ।
लेखा संयोजकमा लक्ष्मी चौधरी, सदस्यमा गंगा कुमारी चौधरी र सरगम चौधरी चयन भएको निर्वाचन समिति संयोजक गंगाप्रसाद दाहालले जानकारी दिए । निर्वाचन समिति सदस्यमा सबध नारायण चौधरी र रुद्रप्रसाद उप्रेती रहेका थिए ।

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]