अनलाइन जोखिमबाट बालबालिका जोगाउनु सबैको जिम्मेवारी – सांसद सपना परियार

  • पुस ३, २०८२ / नेपाल रेखा
alt

इटहरी । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिका अनलाइन जोखिममा पर्दै गएकाले राज्य, नागरिक समाज, अभिभावक र विद्यालय सबैले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य सपना परियारले जोड दिएकी छन् ।
अनलाइन माध्यमबाट बालबालिकामाथि हुने यौन दुव्र्यवहार र शोषणविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ भ्वाइस अफ चिल्ड्रेनद्वारा सञ्चालित दोस्रो परियोजनाको परिचयात्मक कार्यक्रममा बोल्दै उनले भ्वाइस अफ चिल्ड्रेनले सुरु गरेको यो परियोजनाले बालबालिकाका लागि सुरक्षित डिजिटल वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । साथै, बालबालिकाको आवाज नीतिनिर्माण तहसम्म पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै प्रदेश सभाबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत जनाइन् ।
वुधवार इटहरीस्थित पाथिभरा होटलमा आयोजित उक्त कार्यक्रममा बालबालिका, युवा, सरोकारवाला निकाय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा परियोजनाअन्तर्गत अपाङ्गता भएका तथा अल्पसंख्यक समुदायका बालबालिका र युवाहरूको सक्रिय सहभागितासहित बाल क्लब, युवा क्लब तथा बाल सल्लाहकार समिति गठन तथा सशक्तीकरण गरिने जानकारी दिइयो । साथै, बाल क्लब र साथी शिक्षकहरूको क्षमता अभिवृद्धि, अनलाइन तथा इन्टरनेटमार्फत हुने बालयौन दुव्र्यवहार र शोषण रोकथामका लागि बालबालिका र युवालाई लक्षित तालिम तथा अभियान सञ्चालन गरिने बताइएको थियो ।
भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत लिला भुजेलले परियोजनामार्फत सञ्चालन हुने विविध गतिविधिबारे प्रस्तुति दिँदै सचेतनामूलक कार्यक्रम, रेडियो तथा मिडिया अभियान, अपाङ्गता भएका बालबालिकाका लागि विशेष नाटक तथा विभिन्न विशेष दिवस मनाइने जानकारी गराइन् ।
भ्वाइस अफ चिल्ड्रेनका प्रमुख भरत थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालयकी वरिष्ठ सई कृष्णकुमारी अधिकारी, माइती नेपालकी कार्यक्रम संयोजक सुनिता कार्की, माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, महिला सहयोगी समूहकी अध्यक्ष विमला पल्ललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Balbalika

 

चतरामा बरमझियाको पेड ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-१, चतरास्थित कोसी पुल नज ...

मोटरबोटमा आन्तरिक पर ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-६, बोराबाँधस्थित ...

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]