दुबै मृगौला फेल भएका केदार राईको जीवनरक्षाका लागि सहयोगको अपिल

  • कार्तिक ३०, २०८२ / नेपाल रेखा
alt

इटहरी । संखुवासभाको साविक मत्स्यपोखरी–८ हाल चिचिला गाउँपालिका–५, गैरी गाउँका ३१ वर्षीय समाजसेवी तथा प्रेरणादायी युवा केदार राई अहिले जीवन–मरणको संवेदनशील मोडमा उभिएका छन् । बुद्धिजीवी, सामाजिक अगुवा र सेवाभावी स्वभावका कारण समुदायमा सबैका प्रिय मानिने केदारका दुवै मृगौला फेल भइसकेको छ ।
हाल उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निरन्तर डायलाइसिस उपचार गराइरहेछन् । तर, चिकित्सकले बताए अनुसार केदार राईको जीवन बचाउनका लागि चाँडै मृगौला प्रत्यारोपण गर्नु पर्नेछ ।
तर, प्रत्यारोपणका लागि चाहिने ठूलो धनराशी उनी र उनको परिवारका लागि क्षमताभन्दा बाहिरको विषय बनेको छ । पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले यो समस्या एक्लै सामना गर्न असम्भव हुँदा, केदारले नयाँ जीवन पाउने कि नपाउने भन्ने निर्णायक घडीमा अब हामी सबैको सानो सहयोग नै उनको ठूलो आस बनेको छ ।
समाजसेवा, सद्भाव र सहयोगीपनको भावले सबैलाई जोड्दै आएका केदार संकटमा परेका परिवारहरूका लागि खानेकुरा जुटाउनेदेखि विभिन्न सामाजिक कार्यक्रमहरू सफल पार्न सधैं अगाडि रहने व्यक्तित्व हुन् ।
आज उनी आफैं जीवनरक्षा सहायताका सहयोग बन्न बाध्य भएका छन् ।
केदार राईको जीवन बचाउन चिचिला गाउँपालिका ५ नम्बर वडा अध्यक्ष चन्द्रविर राईले देश–विदेशमा रहेका आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, समाजसेवी सहयोगी अभियानता तथा संघ–संस्थाहरू समक्ष सहयोगको अपिल गरेका छन् ।


सहयोग गर्न सकिने बैंक विवरण
सानिमा बैंक
खातावाल केदार राई, खाता नं.ः ०१९०११०६०००३२३९

राष्ट्रिय बाणिज्य बैंक
खातावाला– केदार राई, खाता नं. २१६०१०००५०४४९०१०

केदार राईको फोन नम्बर–९७६३७२८५४८, ९८५२००४५४३

Apil

 

 

चतरामा बरमझियाको पेड ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-१, चतरास्थित कोसी पुल नज ...

मोटरबोटमा आन्तरिक पर ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-६, बोराबाँधस्थित ...

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]