इटहरीमा बाढीपीडितलाई रेडक्रस सोसाइटीद्वारा राहत वितरण

  • असोज २५, २०८२ / नेपाल रेखा
alt

इटहरी । यही असोज १९ र २० गतेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले शुक्रबार राहत वितरण गरेको छ ।
इटहरी उपशाखाले वडा नम्बर ७ का १५ घरपरिवार, वडा नम्बर ५ का ४ घरपरिवार र वडा नम्बर २ का ३ घरपरिवार गरी कुल २२ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो । राहत सामग्रीमा म्याट, चामल, त्रिपाल लगायतका आवश्यक सामग्री समावेश गरिएको उपशाखा सहकोषाध्यक्ष डा खगेन्द्र ओलीले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति दिनेश भट्टराई, सहकोषाध्यक्ष डा. खगेन्द्र ओली, कर्मचारी रामप्रसाद आचार्य, नेपाल प्रहरीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
सभापति भट्टराईले विपद् प्रभावित समुदायलाई सहयोग पुर्याउन रेडक्रस सधैं अग्रपंक्तिमा रहने बताउँदै स्थानीय तह र अन्य निकायसँग सहकार्य गरेर थप राहत तथा पुनःस्थापनाका काम अघि बढाइने जानकारी दिए ।

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]