इटहरीका मेयरसहित पाँच जनालाई सम्मान

  • भदौ ४, २०८२ / नेपाल रेखा
alt

इटहरी । स्वतन्त्र विद्यार्थी यूनियन जनता बहुमुखी क्याम्पस इटहरीले बुधबार इटहरीका मेयर हेमकर्ण पौडेलसहित पाँच जनालाई सम्मान गरेको छ ।
स्ववियू भवन उद्घाटनको अवसरमा पूर्व सभापतिको हैसियतमा मेयर पौडेलसहितलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा स्ववियूका पूर्व सभापति उमेश पौडेल, राजकुमार सापकोटा, किशोर कोइराला र रमेशकुमार पोखरेललाई सम्मान गरिएको हो ।
समुदायद्दारा स्थापित जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनका लागि इटहरी उपमहानगरपालिका र जनता बहुमुखी क्याम्पसको संयुक्त लगानीमा निर्माण गरिएको भवनको पनि उद्घाटन गरियो । भवनको इटहरीका मेयर पौडेल र जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीद्दारा संयुक्त रुपमा उद्घाटन गरे । स्ववियू भवन निर्माण गर्नका लागि इटहरी उपमहानगरपालिकाले दस लाख र कलेजले अरु पैसा बेर्होने सर्तमा भवन निर्माण भएको हो । स्ववियू सभापति सहदेव काफ्लेका अनुसार भवन एउटा हलसहित तीन कोठे रहेको छ ।
सोही क्रममा इटहरीको निजी शिक्षालय विश्व आदर्श कलेजले खानेपानीका ट्याङ्की एवम् पिउने पानीको व्यवस्था पनि स्ववियू भवनमा गरि दिएको जानकारी दिइयो । कार्यक्रममा मेयर पौडेलले राजनीतिक संस्कार विकृत ढंगले अघि बढेको बताउँदै विद्यार्थीले यसलाई सही ट्रयाकमा लिएर अघि बढ्नुपर्ने बताए । उनले जनता बहुमुखी क्याम्पसमा विकास केसीले नेतृत्व गरेपछि क्याम्पसको प्रगतिले फड्को मारेकोमा प्रसंगा गरे । सो कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष विकास केसी, विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे, राप्रपा इटहरीका अध्यक्ष आकाशहाङ् लिम्बुलगायतले बोलेका थिए । कार्यक्रम स्ववियू सभापति सहदेव काप्mलेको सभापतित्वमा भएको थियो ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]