शिक्षक अभिभावक संघ र आमा समूहलाई स्वागत

  • साउन ३०, २०८२ / नेपाल रेखा
alt

इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार शिक्षक अभिभावक संघ र आमा समूहमा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ ।
शिक्षक अभिभावक संघमा सानुराम गौतमको नेतृत्वमा रहेको ११ सदस्यीय समिति र आमा समूहमा मुक्तामणि डाँगी नेतृत्व समूहलाई स्वागत तथा सम्मान गरिएको हो । दुवै समूहका पदाधिकारीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की र प्रधानाध्यापक सरनकुमार बस्नेतले स्वागत तथा सम्मान गरेका हुन् । दुवै समिति दुई वर्षे कार्यकालको लागि चयन भएका हुन् । यस्तै, दुई वर्षे कार्य काल सफलतापूर्वक सम्पन्न गरेको आमा समूह र शिक्षक अभिभावक संघको निवर्तमान समितिका पदाधिकारीलाई पनि विदाई गरियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोविदजंग कार्कीले विद्यालयको शिक्षाको अभिवृद्दिका लागि समाजका सवै क्षेत्रका अगुवाको भूमिका हुने बताए । कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक यमूना बस्नेतले स्वागत मन्तब्य राखेकी थिइन् ।
सोही कार्यक्रममा विद्यालयले आर्थिक वर्ष २०८२–८३ का लागि दुरदृष्टिसहित वार्षिक नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२–८३ का विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले आय तर्फ अनुमानित १३ करोड २ लाख २२ हजार २४७ रुपैयाँ र खर्चतर्फ १२ करोड ८७ लाख ५१ हजार ३८२ रुपैयाँ प्रस्तुत गरे । राष्ट्रिय माध्यमिक विद्यालयले अघिल्लो वर्षदेखि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।
विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, मानव संसाधन, शैक्षिक गुणस्तर वृद्दि, सूचना प्रणालीलगायतका ६३ बुँदे कार्यक्रम वार्षिक नीति तथा कार्यक्रममा समेटिएको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए । विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म पढाई हुने गरेको छ ।

कुम्भकर्ण र कञ्चनजङ् ...

तीन हजार ६३६ मिटर उचाईमा अवस्थित नेपाल-भारत स ...

अरिहन्त देखि पानीपिय ...

कृष्ण अधिकारीविषयमा प्रवेश गर्नुभन्दापहिले एउटा प्रशंग ...

आलोचनात्मक प्रतिपक्ष ...

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट ...

सुनचाँदीको मूल्य केह ...

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटे ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]