मधेसमा ७२ प्रतिशत धान रोपाइँ

  • साउन २३, २०८२ / नेपाल रेखा
alt

जनकपुरधाम । पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ । पानीे पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ ।
यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृत रुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ । “सिँचाइ तथा आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा कम भएको थियो, अहिले पानी परेपछि फेरि बढेको छ”, निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भन्नुभयो ।
उहाँका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शतप्रतिशत पुगेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक) का सूचना अधिकारी सुरेश साहले बारा र पर्साका किसानलाई नहरबाट पानी उपलब्ध गराउन नियमित अनुगमन गरिरहेको बताउनुभयो ।
यसैबीच मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषण गरिएपछि यहाँका कृषि ज्ञान केन्द्रको कार्यालयबाट किसानललाई खेती प्रयोजनका लागि स्यालो टयुवबेल वितरण प्रक्रिाय सुरु गरेको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]