कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

  • साउन १६, २०८२ / नेपाल रेखा
alt

इटहरी । इटहरीमा २०१३ विद्यालय खुलेर विभिन्न क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल जनता माध्यमिक विद्यालयले शुक्रबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालयले यस शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।
जनता माध्यमिक विद्यालयले मुलुकको शिक्षा, साहित्य, कला, राजनीति, निजामती, सेना, खेलकुद आदि क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल हुँदै आएको छ । व्यवस्थापन, शिक्षा, विज्ञान तथा कानुन समूहमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलको प्रमुख आतिथ्यतामा स्वागत गरिएको हो । सो क्रममा विद्यालयका पूर्व विद्यार्थी इटहरी अस्पतालका चिकित्सक गुञ्जन त्रिताल, इन्जिनियर माधव सुवेदी, गायक प्रकाश ओझा र चाटर्ड एकाउन्टेन्ट गुल्सनराज शर्मा विशिष्ट अथितिको रुपमा उपस्थित रहेका थिए । कार्यक्रम कक्षा ११ र १२ तर्फका संयोजक शिवराज दहालको अध्यक्षतामा भएको थियो ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]