छाउगोठ नभत्काए १० हजार जरिवाना

  • असार २९, २०८२ / नेपाल रेखा
alt

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए १० हजार जरिवाना गर्ने भएको छ । नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ भत्काउन आज सूचना जारी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले भन्नुभयो–“सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी पन्ध्र दिनभित्र भत्काउन भनेका छौँ ।” शनिबार वडा नम्बर–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो ।
पक्की घर हुँदाहुँदै आउजी देउता रिसाउने अन्धविश्वासले घरको छेउमै बनाइएको छाउगोठमा बस्दै आएकी थिइन् । कृष्णपुर–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतलले भन्नुभयो–“धेरै छाउगोठ त हामीले भत्कायाँै, त्यो बेला अनेकाँै गाली खायौँ, झगडासमेत भयो । हामीले भत्काएर आएपछि पुनःछाउगोठ बनाइहाले ।”

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]