नेपालमा पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • असार २९, २०८२ / नेपाल रेखा
alt

चितवन । मौरी विकास कार्यक्रम भण्डाराले पहिलो पटक कृत्रिम गर्भाधानबाट मौरीको रानु उत्पादन गरेको छ । एआई (आर्टिफिसियल इनसेमिनेसन) प्रविधिबाट पाँच वटा मौरीको रानु उत्पादन गरिएको हो ।
कार्यक्रमका प्रमुख सुजन अम्गाईंका अनुसार अमेरीकाको युनिर्भसिटी अफ फ्लोरिडाका मौरी प्रजननविज्ञको प्राविधिक सहयोगपछि रानु उत्पादन गरिएको हो । मौरीको नश्ल सुधारका लागि कृत्रिम प्रविधिबाट रानु उत्पादन गरिएको हो । तालिम प्राप्त युवा कृषक एलिस महर्जन र मौरीपालन विकास कार्यक्रमका प्राविधिकहरूको सहकार्यमा रानु मौरी उत्पादन गरिएको अम्गाईंले जानकारी दिनुभयो ।
कार्यालयको निरन्तरको प्रयासपछि पहिलो पटक रानु उत्पादनमा सफलता प्राप्त गरिएको उहाँले बताउनुभयो । मौरीपालन विकास कार्यक्रमले अघिल्लो आर्थिक वर्षमा एउटा रानु मौरी उत्पादन गरे पनि त्यसलाई बचाउन सकेको थिएन । हाल भने उत्पादन गरिएका रानुलाई बचाउन सकिएको कार्यक्रम प्रमुख अम्गाईंले बताउनुभयो । नयाँ प्रविधिबाट उत्पादित रानु मौरीले मह उत्पादन बढाउन सहयोग पु¥याउने र त्यसमा रोग प्रतिरोधी क्षमता बढी हुने जनाइएको छ । यसको जीवनचक्र र असरबारे भने अध्ययन गर्न बाँकी छ । कृत्रिम गर्भाधानका लागि मेरीफेरा जातको मौरी प्रयोग गरिएको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]