सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

  • असार २६, २०८२ / नेपाल रेखा
alt

सिरहा । यहाँको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ । वडाले१० लाखको बजेटबाट चमार, डोम र साफी समुदायका १२६ घरलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको हो ।
वडाध्यक्ष विनोदकुमार यादवका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवामुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । “पातपतिङ्गर र पराल बटुलेर खाना पकाउँदा आगलागीको खतरा बढ्ने भएकाले ग्यास चुलो वितरण गरेका हौँ”, उहाँले बताउनुभयो ।
चमार टोलकी विन्दादेवी राम (४९) ले ग्यास चुलो पाएपछि जीवनमै ठूलो राहत मिलेको बताउनुभयो । “अब धुँवामा बस्नुपर्दैन”, उहाँले खुसी साट्नुभयो । वडाध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा पनि १० लाख बजेट छुट्याइएको छ । उक्त बजेटबाट मण्डल र मुखिया परिवारलाई चुलो वितरण गरिनेछ । “त्यसपछि वडाभरका सबै दलित बस्तीमा ग्यास चुलो पुग्नेछ”, उहाँले भन्नुभयो ।
यसअघि वडा कार्यालयले मुसहर बस्तीका ९९ घरपरिवारलाई पनि चुलो वितरण गरिसकेको छ । आर्थिक वर्ष ०८०÷०८१ मा रु नौ लाख खर्चेर रामपुर पिप्रा र तिलैया क्षेत्रका मुसहर बस्तीमा ग्यास चुलो जडान गरिएको थियो ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]