सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि

  • असार ६, २०८२ / नेपाल रेखा
alt

सुनसरी । सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०–८१ को तुलनामा आव २०८१–८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ ।

आव २०८०–८१ मा १० हजार ६४० हेक्टर क्षेत्रफलबाट ८३ हजार १२ मेट्रिकटन मकै उत्पादन भएका आव २०८१–८२ मा ८४ हजार ८०२ मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठ जानकारी दिनुभयो । उहाँका अनुसार अहिले किसानले हाइब्रिड प्रजातिको हिउँदे मकैखेती गर्दै आएका छन् ।

उहाँले भन्नुभयो, “किसानले हाल रामपुर हाइब्रिड १०, पार्नियर ३३ र ५३, पार्नियर ३५ जस्ता उन्नत जातको मकै बढी लगाउने गरेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का किसान रोशन गुप्ताले दुई बिघा बाँझो जमिनमा हिउँदे मकैखेती गर्दा ९० क्विन्टलभन्दा बढी उत्पादन भएको भएको बताउनुभयो ।
अन्य बालीको तुलनामा हिउँदे मकै छिटो पाक्ने, मेहनत र खर्च पनि कम लाग्ने साथै बिक्रीका लागि बजारको समस्या नहुने भएकाले यस खेतीमा किसानको आकर्षण बढेको हो । गुप्ताले उत्पादन गर्नु भएको मकै स्थानीय बजारमा प्रतिकेजी ३२ देखि ३५ का दरले बिक्री भइरहेको बताउनुभयो ।
हिउँदे मकै मङ्सिर, पुसमा रोपेर चैत र वैशाखमा पाक्ने गर्छ करिब १४० देखि १५० दिनमा पाक्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । केन्द्रले किसानलाई तालिम तथा प्राविधिक सहयोग निरन्तर गर्दै आएको छ । सुनसरीको भोक्राहा, देवानगञ्ज, इनरुवा, दुहबी, कोसी, हरिनगरा बराहक्षेत्रलगायत क्षेत्रका किसानले हिउँदे मकैखेती गर्दै आएका छन् ।

असार सकिँदासम्म खेत ...

असार सकिने बेलासम्म बाँझै रहेकाे सुनसरीको गढी ...

अपाङ्गता भएका बालबाल ...

झापा । मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ् ...

मन्त्री गुप्ताद्वारा ...

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज ...

गोली प्रहारबाट किशोर ...

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा ग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]