इटहरीको ओसीयन पार्कमा कोशी प्रदेश स्तरीय खुल्ला पौडी प्रतियोगिता हुने

  • वैशाख २३, २०८२ / नेपाल रेखा
alt

इटहरी । यही वैशाख २८ र २९ गते इटहरीको ओसीयन पार्कमा कोशी प्रदेश स्तरीय खुल्ला पौडी प्रतियोगिता हुने भएकोछ ।
कोशी प्रदेश पौडी संघको आयोजनामा ओसीयन पार्कको स्वीमिङ पुल (सर्ट कोर्ष) मा प्रतियोगिता आयोजना गरिएको पार्कमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बरबहादुर तामाङ्गले यो प्रदेशका १४ जिल्लाबाट १ सय ६० पौडी खेलाडी प्रतियोगितामा सहभागि हुने बताए । अध्यक्ष तामाङ्गले २३ वटा विभिन्न इभेन्टहरुको खेल संचालन हुने जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वीतीय हुने टिमलाई ३० हजार र तृतीय हुने टिमलाई २० हजार नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले विज्ञप्तिमार्फत जनाएकोछ ।
साथै टिम रिले प्रतियोगितामा प्रथम हुने टिमले ७ हजार, द्वीतीय हुने टिमले ५ हजार र तृतीय हुने टिमले ३ हजार प्रमाणपत्र प्रदान गरिने संघका सचिव गोविन्द खतिवडाले बताए । साथै व्यक्तिगत प्रतियोगितामा सहभागी खेलाडीहरुलाई पनि मेडल प्रदान गरिने आयोजकले जनाएकोछ ।
यो प्रतियोगिताको प्रायोजन प्रदेश खेलकुद विकास बोर्ड कोशीले गर्नेछ । खेलाडी, व्यबस्थापक तथा अफीसियललाई खेल पोषाक, सार्वजनिक यातायात भाडा बराबरको रकम जिल्ला सदरमुकामसम्मको दुईतर्फी, खाजा, खाना र आवासको व्यवस्था कोशी प्रदेश पौडी संघले मिलाउने जानकारी दिइयो । पत्रकार सम्मेलनको संयोजन रुद्रराज शर्माले गरेका थिए ।

Rudra

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]