भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण

  • फागुन १९, २०८१ / नेपाल रेखा
alt

भद्रपुर । भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको सट्टा बेर्ना वितरण गर्दा किसानको समय र लागत बचत हुने कृषि विकास अधिकृत सुमन विमलीले बताउनुभयो ।

उहाँका अनुसार भद्रपुर नगरपालिकाको विभिन्न तीन स्थानमा रहेका कृषि फर्मबाट किसानले १५ प्रतिशत र बाँकी पालिकाले तिर्ने गरी उन्नत जातका तरकारीको बेर्ना वितरण गरिएको हो । प्रत्येक कृषि फार्मबाट काँक्रा तीन हजार, करेला तीन हजार, खुर्सानाी तीन हजार, घिरौला दुई हजार दुई सय, लौका दुई हजार दुई सयको सङ्ख्यामा वितरण गरिएको कृषि विकास अधिकृत विमलीले जानकारी दिनुभयो ।

नगरपालिकाका अनुसार खुर्सानीको बेर्नाको प्रति ईकाइ वितरण मूल्य रु १० र अन्य तरकारीका बेर्नाको प्रति ईकाइ वितरण मूल्य रु १५ भए पनि किसानले खुर्सानी प्रति ईकाइ रु एक दशमलव पाँच तथा अन्य तरकारीका बेर्नाको रु दुई दशमलव २५ मात्रै तिर्नुपर्ने छ ।

किसानलाई उन्नत जातका तरकारीको बेर्ना अनुदानमा वितरण गरी नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्य रहेको नगर प्रमुख गणेश पोखरेलले बताउनुभयो । किसानलाई कृषिमा आकर्षित गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ थियो । नगरपालिकाले उक्त कार्यक्रममार्फत किसान लाभान्वित हुने विश्वास राखेको छ, साथै यसले कृषि क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योग्दान पु¥याउने अपेक्षा गरिएको छ ।

 

 

 

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]