कोशी प्रदेशबाट योग विधाका खेलाडी छनौट

  • फागुन २, २०८१ / नेपाल रेखा
alt

इटहरी । मोरङको उर्लाबारीमा संचालित बालगृह परिसरमा योग विधाका खेलाडी छनौट गरिएकोछ ।
यही फागुन १० गते हुने राष्ट्रिय योग खेलमा सहभागी गराउनको निम्ति बुधवार कोसी प्रदेश स्तरीय योगा खेलाडीहरुको छनौट प्रतियोगिता सम्पन्न गरिएको हो ।
छनौट चरणमा ७५ योग खेलाडी सहभागि रहेका थिए । ती मध्ये ४५ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको योग खेलकुद संघ कोशी प्रदेश अध्यक्ष डा.खगेन्द्र ओलीले जानकारी दिए । छनौट प्रतियोगितामा डा. आनान्द गैरे, उर्लाबारी नगरपालिका वडा नम्बर–५की वडा अध्यक्ष उर्मिला थापा, संघका केन्द्रिय उपाध्यक्ष कैलास विष्टको उपस्थिति रहेको थियो । छनौट प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने संघका पदाधिकारीहरुलाई बालगृहकी अध्यक्ष मिनादेवी बरालले धन्यवाद ज्ञापन तथा आभार समेत व्यक्त गरेकी छन् । छनौट कार्यक्रमको संचालन संघका प्रदेश सचिव रमेश खत्रीले गरेका थिए ।

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]